पोखरामा आगलागीका घट्न बढ्न थाल्यो, दैनिक ६,७ ठाँउमा बिद्युत सर्टबाट आगलागी

-


     पोखरा क्लिक     
     वैशाख ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ८, वैशाख,

पोखरा क्षेत्रमा हाल आगलागीका घटना बढ्न थालेका छन् । पोखरा क्षेत्रमा हाल दैनिक जसो आगलागीका घट्ना बढ्न थालेको पोखरा महानगरपालिकाले जनाएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको २५ औं स्थापना दिवस तथा रजत महोत्सव बर्ष २०८२ को अवसरमा सोमबार पोखरामा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हिजोआज दैनिक जसो ६,७ ठाँउमा आगलागी हुने गरेको बताउनु भयो ।

बिद्युत सर्टबाट पोखरामा आगलागीबाट हुने घटनाहरु बढ्न थालेको बताउदै बिद्युत प्रयोग गर्न बढी सावधानि अपनाउन उहाँले आग्रह गर्नुभयो । पोखरा महानगरपालिकामा हाल ३ वटा दम्कल रहेको उल्लेख गर्दै मेयर आचार्यले गर्मी महिनामा कहिलेकाहि उक्त दमकल अभाव हुने गरेको जनाएनु भयो । पोखरा महानगरपालिकासंगै रहेका छिमेकी पालिकाहरुमा समेत दमकल नभएकोले पोखराबाटै संचालन गर्दा पोखरामा दमकलको समेत अभाव हुन थालेको मेयर आचार्यले जनाउनु भयो । महानगरको दमकलको टिम २४ सै घण्टा सेवा दिन तयारी अबस्थामा रहेको उहाँले बताउनु भयो ।

विश्वका मुलुकका १६ वटा शहरहरुसंग पोखरा महानगरले मितेरी साइनो कायम गरिएको मेयर आचार्यले जनाउनु भयो । पोखरामा हुने अन्तराष्ट्रिय म्याराथन देखि पोखरामा हुने क्रस कन्ट्री दौडमा सहभागि हुन चिनका विभिन्न शहरुहरुलाई निमन्त्रणा गर्दै आएको आगामी दिनमा थप प्रभाकारी ढंगबाट निमन्त्रणा गर्ने मेयर आचार्यले जनाउनु भयो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, अध्यक्ष दील बहादुर गुरुङ लगायतले पोखरामा खेल पर्यटनको धेरै सम्भावना भएको तर्क गर्नुभएको थियो ।