कुमुदिनीमा शिक्षकका लागि एक दिने कार्यशाला

-


     पोखरा क्लिक     
     चैत्र ३० गते २०८१ मा प्रकाशित


पोखरा, ३० चैत्र,

नयाँ शैक्षिक सत्र सुरुवातको पूर्व अवसरमा पोखराको कुमुदिनी होम्स मा.वि.ले विद्यालयका शिक्षकहरुको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुवैबाट पोखरा आएका शिक्षा विज्ञ उमर फारुकले दिएका छन् ।

फारुक डाटावर्कस् एजुकेशनल रिसर्च एण्ड सटेप अप लर्निङ विज्ञ हुन् । उनले एन इन्टरएक्टिभ प्रोग्राम अन द पावर अफ वेल क्राफ्टेड एण्ड वेल टट लेसन शिर्षकमा तालिम दिएका हुन् ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय आउने जाने, पढ्ने कार्यले मात्रै पुग्दैन । त्यसरी शिक्षाको विकास पनि हुँदैन । यसका लागि शैक्षिक सेवा सुविधा, नयाँ नयाँ ज्ञान र सिप तथा समय अनुसारको शिक्षण पद्धतिको अनुसरण गर्न जरुरी हुन्छ ।

विद्यालयले लिएको “संधै उच्च लक्ष्य” को आदर्शलाई आत्मसाथ गर्दै नयाँ वर्ष २०८२ को आगमन तथा नयाँ शैक्षिक सत्रको भर्ना चलिरहेको बेलामा विद्यालयका शैक्षिक प्रणालीलाई अझ मजबुत बनाउन तालिम आयोजना गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । शनिबार चैत्र ३० गते विद्यालयमा मन्टेश्वरीदेखि कक्षा ८ का शिक्षक र मावि तर्फका एचओडिहरुको लागि पाकिस्तानबाट आएका शिक्षाविज्ञ उमर फारुकले शिक्षाको गुणस्तर बृद्धि र अब्बल विद्यार्थी उत्पादनका लागि आवश्यक पर्ने शैक्षिक प्रस्तुति दिएको बिद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

शिक्षा विकासका लागि विद्यालय मात्रै सबैथोक होइन । यसका लागि विद्यालय, विद्यार्थी, अभिभावक र नयाँ नयाँ शिक्षण सिकाईका तवरतरिकाहरुको प्रमुख भूमिका हुन्छ । विद्यालयमा २० प्रतिशत विद्यार्थी तीक्ष्ण दिमागका हुन्छन् । ठूलो हिस्सा ८० प्रतिशत बाँकी नै रहेकोले उनीहरुलाई २० प्रतिशतको हाराहारीमा ल्याउन शिक्षक, उनीहरुले प्रयोग गर्ने शैक्षिक उपकरणहरु, शैक्षिक श्रोतहरु, अनुसन्धान, मूल्यांकन र समय समयमा पहिले पढाईका विषय, पाठहरुको पुर्नमूल्यांकन गर्न जरुरी भएको फारुकले बताए ।

विद्यालयका अध्यक्ष पालिखेले विद्यालयमा हामी १२ वटै महिनामा कुनै न कुनै प्रकारका शिक्षासँग जोडिएका कार्यक्रमहरु गरिरहन्छौं । कहिले अभिभावकका लागि, कहिले शिक्षक र कहिले विद्यार्थीका लागि मोटिभेसन हुने कार्यक्रमहरु गरिरहन्छौं । यसो गर्नुका पछाडि शैक्षिक उत्कृष्टताका लागि नै हो । पालिखेले भने, हामी राम्रो शिक्षाका लागि कुनै सम्झौता गर्दैनौ र मोटिभेसन, तालिम वा परामर्सका कार्यक्रमहरुमा देश, विदेशका ख्यातिप्राप्त परामर्सदाचाहरुलाई ल्याउन पछि पनि पर्दैनौं । यसका लागि जतिसुकै खर्च भएपनि हामी आफैं म्यानेृज गर्छौं अभिभावकसंग केहि लिदैनौं ।

विद्यालयमा यो वर्षदेखि हरेक शुक्रबार, महिनामा चारदिन योगाका कक्षाहरु संचालन गरिएको पालिखेले बताए । विद्यार्थीमा हुने गरेको चिटचिटाहट, तताव लगायतको व्यवस्थापनको लागि योगा महत्वपूर्ण रहेको र उनीहरुमा स्फूर्ति पनि बढेको पाएको अनुभनव सुनाए । कुमुदिनी होम्समा अहिले नर्सरीदेखि कक्षा ९ सम्मको प्रवेश परिक्षा सकेर भर्नाको कार्यक्रम चलिरहेको छ । अध्यक्ष पालिखेले समयमै विद्यार्थीहरु भर्ना गरेर उनीहरुको सिट सुरक्षित गर्न अभिभावकलाई आग्रह गरे ।



This will close in 20 seconds