गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा आज गरिँदै

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा आज गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जीमहाराजले जानकारी दिएका छन् ।

त्यस्तै आजनै मूलआयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।