पोखराबाट एकै दिन दुई वटा अन्तराष्ट्रिय फ्लाइट

-


     पोखरा क्लिक     
     चैत्र १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १९, चैत,

पर्यटनको राजधानि पोखराबाट आज(मंगलबार) एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एउटा व्यवसायीक चार्टर्ड उडान भयो भने अर्को व्यवसायीक उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

चिनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड फ्लाइट गर्यो भने हिमालयन एअराइन्सले पोखरा देखि ल्हासा व्यवसायीक उडान गरेको हो । चिनको छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको जहाजमा ६० जना यात्रु पोखरा आएसंगै पोखराबाट १ सय २० जना यात्रु छेन्दु प्रस्थान गर्नु भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । उहाँका अनुसार उद्योग बाणिज्य संघको नेतृत्वमा पोखरा, लेखनाथ, नगर तथा जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा पोखरा देखि नीजि क्षेत्रको पहलमा दोश्रो चार्टर्ड फ्लाइट भएको हो ।

सिचुवानले यसअघि चैत्र ५ गते पहिलो व्यवसायीक चार्टर उडान गरेको थियो । पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा १ सय २६ सदस्य ८ दिन ७ रातको व्यवसायीक प्रबद्र्धनमा छेन्दु गएको थियो । पोखराका पर्यटन व्यवसायी सहित पोखरा पर्यटन परिषद, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समेत समन्वयमा पोखरा महानगरपालिकाको सहकार्यमा उक्त प्रबद्र्धनात्मक कार्यक्रम भव्य रुपमा सफल भएको परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराक्लिकलाई बताउनुभयो । अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ वटा चार्टर फ्लाइट भएको बताइन्छ ।

त्यसै गरी सोमबार ल्हासाबाट पोखरा आएको हिमालयन एअरलाइन्सको विमान आज २९ जना यात्रु लियर ल्हासा प्रस्थान गरेको छ । चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लियर हिमालय एअरलाइन्स कम्पनीको विमानबाट सोमबार दिउँसो पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आएको हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले बताउनु भयो । तिव्वतको भिषा प्रकृया केही लामोे भएको हुदाँ यात्रुले चाहेको कम्तिमा २ साता समय लाग्ने बताइन्छ । ल्हासा जानको लागि तिब्बतबाट अनुमति दिए पछि मात्र चिनिया दुताबासले भिषा दिने गर्दछ ।

तिब्बत जाने यात्रुले एक महिना अघि देखि भिषा प्रकृया अघि बढाउनु पर्ने व्यवसायीहरुले बताउनु भयो । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४ सय ९० मिटर उचाइँमा रहेको छ । पोखराका मेयर धनराज आचार्य सहितको टोलीले टोलीलाई बिदाई तथा पोखरा आएका पर्यटकलाई स्वागत गर्नु भएको थियो । पोखरामा एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान हुनुले पोखरामा अब हवाई उडानको दिगो व्यवस्थापनको लागी पोखरा देखि छेन्दु र पोखरा देखि ल्हासा उडानको लागि यात्रुको खोजि गर्नु अर्को चुनौती रहेको एअरलाइन्स कम्पनीले पोखराक्लिक समक्ष गुनासो गर्नु भयो ।



This will close in 20 seconds