
दीननाथ बराल,
चिन, लुजाउ,१० चैत
पर्यटनकाे राजधानी पोखरामा चिनियाँ पर्यटकलाई निम्तो दिदै पाेखराका पर्यटन व्यावसायि यति वेला चिनका विभिन्न शहरमा पुग्नु भएकाे छ । पाेखरामा पहिलाे पटक सिचुवान एअरलायन्सकाे विमानबाट चिनकाे छेन्दु बिमानस्थलमा पुग्नु भएकाे पाेखराका पर्यटक व्यावसायिकहरू चिनियाँ पर्यटकहरूलाई पाेखर सहित पाेखरा बोलाउन चिनका विभिन्न शहरमा पुगेर निम्तो बाड्दै प्रमाेशन मिसन टुर बी टु बी कार्यक्रम गर्दै हुनुहुन्छ ।
चैत ५ गते चिनकाे छेन्दु पुगेकाे पाेखरा पर्यटन व्यावसायिकाे टाेलीले आज साँझ छाेङसिङमा प्राेमाेशन मिसन टुर बी टु बी कार्यक्रम हुने भएकाे पाेखराका पर्यटन व्यावसायिहरूकाे छाता संस्था पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयाे । पाेखराका मेयर धनराज आचार्यकाे नेतृत्वमा चिन पुगेकाे १ सय २६ सदस्य टाेलीले चिनकाे छेन्दु, लुजाउ, ईमि लगायतका पर्यटकीय शहरहरूमा पुगेर पर्यटकलाई वाेलाउदै व्यावसाय प्रबर्द्धनमा जुटेकाे उहाँले बताउनु भयाे ।
यसैबिच, महानगरको टोली चीनको सिचुवान प्रदेशको लुजाउ सहर हुँदै सिङसाङ पुगेको छ । पोखराको जस्तै प्रकृति भएको लुजाउन पुगेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदमा सहकार्य गर्ने बताउनु भयाे ।
लुजाउ सहरले पाेखरेली टाेलीलाई भव्य स्वागत ग¥यो र आफ्नो सहरका विशेष क्षेत्रहरुको भ्रमण गरायो । दुई सहरबीच आपसी सहयोग आदानप्रदानबारे छलफल गर्नु भयाे । पोखराले लुजाउबाट प्रविधि र पर्यटकीय सहयोग मागेकाे छ । लुजाउले पोखरासँग मिलेर प्राचिन औषधीसँगै पर्यटनमा काम गर्ने इच्छा देखाएकाे छ भने आफ्नो मितेरी गाउँलाई नजिक बनाउनका लागि हवाई मार्ग प्रभावकारी हुने निष्कर्ष निकाल्दै पोखरादेखि छेङ्दु उडानलाई नियमित बनाउन पहल गर्ने बताउनु भयाे ।
पोखरा महानगरका मेयर धनराज आचार्य र लुजाउ सहरका मेयर तथा चिनियाँ कम्युनिष्ट पार्टी लुजाउका उपसचिव यु जिआनले भेटका क्रममा पर्यटन र संस्कृति, खेलकुद, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति गर्नु भएकाे छ । यसकाे ओैपचारिक रूपमा सम्झाैता भने केही समय पश्चात् गर्ने मेयर आचार्यले बताउनु भयाे । कार्यक्रममा पोखराका तर्फबाट मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्षका कार्यसम्पादन समिति संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी उपस्थित रहेकाे थियाे ।
लुजाउका तर्फबाट मेयर जिआनसँगै साउथवेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हा ताओ, लुजाउका उपमेयर लुआ सुपिङ, महानगरका महासचिव लि झेन्जिआओ, संस्कृति, रेडियो, टिभी तथा पर्यटन विभागका निर्देशक लि लिङ, परराष्ट्र मामिला निर्देशक लिन यू र पार्टी कमिटी सचिव तथा साउथवेष्ट मेडिकल इन्भेष्टमेण्ट ग्रुपका अध्यक्ष लिन जिआन सहभागी हुनु भएकाे थियाे ।
पोखराका मेयर आचार्यले पोखरा र नेपालको पर्यटकीय गन्तब्यहरुबारे चिनियाँ मिडिया मार्फत प्रचार गरेकाेमा धन्यवाद दीदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयाे । लुजाउका मेयर जिआनले पोखराबारे धेरै सुनेपनि पुग्न नपाएको भन्दै छिटै पोखरा भ्रमण गर्ने ईच्छा व्यक्त गर्नु भयाे ।
दुई मेयरहरुले नेपाल र चीनको द्धौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पोखरा भ्रमण वर्ष मनाइरहेका छन् । सिचुवान प्रान्तमा ९ कराेड जनसंख्या, लुजाउमा ५० लाख भन्दा बढी जनसंख्या भएको सहर हो ।
चीनकै उत्कृष्ट पर्यटन सहरको रुपमा स्थापित लुजाउले विश्वका २ वटा अन्तर्राष्ट्रिय सहरमा भगिनी सम्बन्ध कायम गरेको छ । यता पोखराको भने १२ वटा सहरसँग भगिनी सम्बन्ध छ । तिमध्ये ८ वटा सहर चीनकै छन् । मेयर आचार्यको टोलीले लुजाउको साउथवेष्ट मेडिकल युनिभर्सिटी, हुवावे सिचुआन विग डाटा सेण्टरको भ्रमण समेत गर्नु भएकाे थियाे । भ्रमणका क्रममा नेपाली बिधार्थीहरूले ईनटनशिप नेपालमै गर्ने ईच्छा व्यक्त गर्दै केही छात्रवृत्तिकाे काेटा बृद्वी गर्न माग गर्नुभयाे ।
पाेखराका मेयर धनराज आचार्यले पाेखरा भ्रमण बर्ष २०२५ काे अवसरमा २० लाख पर्यटक भित्राउने लक्ष्यमा चिनियाँ ५ लाख पर्यटक पाेखरा जाने विश्वास व्यक्त गर्नु भयाे । नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयले सेल्स मिसन टुरलाई समेत सहयाेग गरेकाे छ ।




