
पोखरा २९, फागुन,
होली उत्सवको अवसरमा विहिबार पोखरामा नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही सम्मानित हुनु भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीले विहिबार पोखरामा आयोजना गरेको होली उत्सवमा कप्तान शाहीलाई नगद ११ हजार सहित सम्मान गरिएको एकेडेमीका उपाध्यक्ष एवं राखेपका पूर्व सदस्य राजेश कुमार गुरूङले बताउनु भयो ।

एकेडेमीले आफुलाई सम्मान गरेकोमा धन्यवाद दिदै कप्तान शाहीले नेपालको राष्ट्रिय खेल भलिवलको बृद्धि विकासमा यस्ता सम्मानले आफु सहित अन्य खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताउनु भयो ।

मदन भण्डारी स्पोट्स एकेडेमीले खेलकुदकर्मी बिच विहिबार हर्स र उल्लाहासका साथ होली पर्व मनाएको एकेडेमीका ऋषिराम गौतमले बताउनु भयो । कार्यक्रममा खेलाडीहरुले डेमो प्रर्दशन समेत गर्नु भएको थियो भने विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुतः भएको थियो । खेलकुदकर्मीहरु बिच एक आपसमा शुभकामना आदान प्रदान गरी रंग लगाउदै होली पर्व मनाइएको थियो ।






