पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, फागुन,

पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान गर्नु भएको छ । पूर्व राजा शाहलाई पोखराको पुरानो विमानस्थलमा पन्चेबाजा सहित फुल माला लगायर उहाँलाई बिदाई गरिएको राप्रपाका युवा नेता अरुण गिरीले बताउनु भयो ।

पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजासमर्थितहरुले विमानस्थलमा जयजयकार गर्दै धुवोको माला सहित फूलमालाले विदाई गर्नु भएको उहाँले पोखराक्लिकलाई उल्लेख गर्नु भयो ।

आज पोखराबाट र्याली सहित उहाँलाई बिदाई गरिएको बताउदै उहाँले एक महिना भ्रमणको क्रममा स्याङजाको आलमदेवि, देखि बागलुङको कालिका, गलेश्वर हुदै पोखराको विन्ध्यवासिनी, केदारेश्वर महादेव मणि मन्दिर लगायतका मठ मन्दिरमा दर्शन गर्नु भएको थियो । उहाँले केही दिन अघि छोरीहरुको जन्म दिनको अवसरमा पोखरा लोकसइडको ओपन हाउसमा जन्मदिन, पूर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा पोखराको माउण्ट ग्लोरी रिसोर्टमा जन्मोत्सव मनाइएको श्रोतले जनाएको छ ।

एक हप्ता जसो रुपाकोट रिसोर्टमा बस्नु भएको पूर्व राजा शाह तथा उहाँको परिवार बाँकी ३ हज्ता भने माउण्ट ग्लोरिमा बस्नु भएको थियो । शाह परिवारले पोखराको लेकसाइडमा रहेको डु्रंगा रेष्टुरेण्टमा समेत जानु भएको बताइन्छ । पूर्व राजा शाह परिवारले बुधबार महाशिवरात्रि पर्वको अवसरमा केदारेश्वर मन्दिरमा पुगेर दर्शन सहित महाआरतिको अवलोकन गर्नु भएको थियो । पूर्व राजा शाहले पोखराको विरेन्द्रचोकमापूर्व राजा विरेन्द्रको शालिक अनावरण समेत गर्नु भएको थियो ।

पूर्व राजा शाह सहित उहाँको परिवार एक महिनासम्म पोखरामा बस्दा शान्ति सुरक्षा व्यबस्थापन गर्दै प्रहरीले विभिन्न ठाँउमा पूर्व राजा शाहको दर्शन भेट गराउन सहजीकरण गरेको थियो ।

देशमा गणतन्त्र आए पनि राजनीतिक दलहरुले जनताले अपेक्षा गरे अनुसारको उत्कृष्ट कार्यसम्पादन गर्न नसक्दा जनतामा वितृष्णा भएकोले पूर्व राजाको बारेमा केहीले गुनगाँन गर्न थालेको स्थानियले बताउनु भयो ।