पत्रकार कृष्णमणि बराल ५० हजार नगद सहित पुरस्कृत

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८१ मा प्रकाशित


पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याउदै आउनु आएका पोखराका पत्रकार कृष्णमणि बराल नगद ५० हजार सहित सम्मानित हुनु भएको छ । प्रेस क्लब गण्डकीले पत्रकार बराललाई ५० हजार नगद सहित, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरेको हो ।

सङ्घीय संसदका सभामुख देवराज घिमिरेले उहाँलाई शनिबार पोखरामा आयोजित एक समारोहका बिच उक्त पुरस्कार प्रदान गर्नू भएको क्लबका अध्यक्ष एकराज गिरीले बताउनु भयो । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको अगाडी लैजानुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रको विकास, काम गर्ने वातावरण हौसला र प्रेरणा दिन के गर्नुपर्छ राज्यका तिनै तहका सरकार र न्यायपालिका र व्यवस्थापिकाको काम के हुन्छ यस्ता कार्यक्रमले भुमिका खेल्छ उहाँले भन्नुभयो । सभामुख घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुन्ठीत त हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने स्पष्ट पार्नुभयो ।

पुरस्कृत पत्रकार बरालले पुरस्कारका लागि योग्य ठानेकोमा खुशी ब्यक्त गर्दै प्रेस क्लब गण्डकीले व्यवसायिक पत्रकारिताको पक्षमा काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । सांसद दामोदार पौडेल वैरागीले सार्वजिक सञ्जाल प्रयोग, तथा नियगमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको बताउनुभयो । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गौरब त्रिपाठी र कोषााध्यष राजु गिरीले बोल्नुभएको थियो ।