राष्ट्रपति पौडेलबाट सराङकोट धामको उद्घाटन

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १७, फागुन,

राष्ट्रपति रामचन्द्र पौडेल कास्कीमा पहिलो पटक कार्यक्रममा सहभागि हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक कार्यक्रममा सहभागि हुन कास्कीको पोखरामा शनिबार पहिलो पटक सहभागि हुनु भएको हो ।

तष्विर दुर्गा पौडेल र श्रीभद्र पौडेल

उहाँ नेपाली सेनाको हेलिकोप्टर मार्फत सिधै पोखरा १८ स्थित सराङकोटको डाँडामा अवतरण गर्दै त्यहाँ निर्माण भएको सराङकोट धाम एवं जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नु भएको हो ।

सराङकोट डाँडामा निर्माण भएका करिब ३५ करोड मुल्य बराबरका भौतिक संरचनाको शनिबार औपचारिक रुपमा उहाँले उद्घाटन गर्दै नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना भएको बताउनु भयो । विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिवमन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउनुहुँदै त्यहाँनिर्माण भएका संरचनाको उद्घाटन गर्न पाउदाँ आफूलाई सुखानुभूति भएको बताउनु भयो ।

पोखराको सिरान सराङकोट, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । यसले समग्र पोखरा, गण्डकी प्रदेश तथा नेपालमै पनिपर्यटन प्रवद्र्धनमाअतुलनीय योगदान दिन्छ, राष्ट्रपति पौडेलले भन्नुभयो । आँखै अगाडि देखिने हिमश्रृङखला हेर्न मात्रै होइन, सुर्योदय र सुर्यआस्त तथा पोखरालाई नजिकबाट नियाल्न पनि सराङकोट पुग्नै पर्दछ, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार राष्ट्र निर्माणका आधार भएको चर्चा गर्नुहुँदै पोखरा महानगरपालिकाद्वारा घोषित भ्रमण वर्ष २०२५ ले समग्र नेपालकै पर्यटन प्रर्वद्र्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गर्नुभयो । उहाँले युवा जनशक्ति पलायन मूलुकका लागि ठूलो चिन्ताको विषय भएको औँल्याउनु हुँदै देशमा केही भएको छैन भन्ने भाष्यचिर्नुपर्नेमा जोड समेत दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोट धामको एकीकृत विकासमा जोड दिनुहुँदै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले पोखरेलीले पर्यटकको आतिथ्यताका लागि आर्जन गरेको ज्ञान, सीप तथा क्षमता राज्यकै लागि अनुकरणीय रहेको सुनाउनुहुँदै उक्त ज्ञान, सीप तथा क्षमतालाई देशैभर विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । असल जीवनका लागि मानिसले भौतिक विकासका अलवा आध्यात्मिक मार्गलाई पनि अनुशरण गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन हुनु प्रदेशकै लागि गौरवको विषय भएको स्पष्ट पार्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोटलाई पोखरा दृष्यावलोकन स्थलको संज्ञा दिनुभयो । उहाँले पर्यटन राजधानी घोषणासँगै पोखरा थपलोकप्रियबन्दै गएको चर्चा गर्नुहुँदै त्यस यता विकास साझेदार संस्थाहरुको पनि प्राथमिकतामा पोखरा पर्दै गएको अनुभव सुनाउनु भयो।   

त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतले सराङकोटको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा सराङकोटको स्तरउन्नतीमा महत्वपूर्ण योगदान पु¥याउनुहुने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, रियल स्टेट प्रा.लिका अध्यक्ष कालु गुरुङ, सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्ट, संस्थापक अध्यक्ष स्वःलोकबहादुर थापा, इञ्जिनियर द्वय गंगासागर प्रजापति र विश्वदिप शर्मा, हिलटेक कम्पनीका कमल जैन, गुरु योजना निर्माण संयोजक पशुपति सुवेदी तथा अन्नपूर्ण केबलकारका महाप्रवन्धक दिनेश पौडेललाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजनाबनाई विभिन्न संरचनानिर्माण गरिएको थियो । हालसम्म विशाल शिवमन्दिर, नेपालकै पहिलो विशालपञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीयभवन, भूमे कालिकातथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचनानिर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँअझै १५ करोडका संरचनानिर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोटको सिरान भागमा सडक मार्ग सहित दृश्यावलोकनको लागि फेवाताल किनार सेदीबाट अन्नपूर्ण केवलबार मार्फत सराङकोट डाँडामा पुग्न सकिन्छ ।