
पोखरा,
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भई गएराति ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । राति २ः५१ मिनेटमा गएको भूकम्पको कारण सिन्धुपालचोक क्षेत्रमा सामान्य क्षेती पुगेको छ भने देशका धेरै ठाँउमा भूकम्पको शहशुस गरिएको छ ।
भूकम्पको महशुस काठमाडौं, चितवन, पोखरा लगाएतका शहरहरुमा पनि गरिएको थियो । भूकम्पका कारण भागदौडको क्रममा एक जना कैदीको हात मड्किएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । उहाँको जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । त्यसै गरी भूकम्पका कारण इलाका प्रहरी कार्यालय कोदारीको प्रहरी जवानहरु बस्ने कोठाको भवन चर्कीएको छ ।
भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित तुसारेमा शुक्का पहिरो जादा ढुंगा माटो खस्न थालेको स्थानियले बताउनु भयो ।




