शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनको सम्मानजि एण्ड के एजुकेशनद्धारा ५ जना शैक्षिक अगुवा सम्मानीत

-


     पोखरा क्लिक     
     फागुन १४ गते २०८१ मा प्रकाशित


१४ फागुन, पोखरा,

जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन् । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । शिक्षा विकास निर्देशनालय, गण्डकीका निमित्त महानिर्देशक धनश्याम पौडेल, पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, इक्यानका उपाध्यक्ष भुवन बहादुर क्षेत्री, इक्यान कास्की अध्यक्ष प्रकाश गैह्े, इक्यान कास्कीका पूर्वअध्यक्ष रमेश थापा, गैह्आवासिय नेपाली महासंघ पोल्याण्डका पूर्वमहासचिव श्रीकृष्ण न्यौपाने, जि एण्ड केका संचालन राजन पन्थी लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवाको खाचोँ रहेको बताए र्। राम्रो शैक्षिक परामर्श नपाएर विद्यार्थी समस्याग्रस्त मात्र भएका छैनन् डिप्रेसनको सिकार भएका छन् । अर्को तर्फ विदेश पुगेर पनि भौतारीनु परेको छ ।’ उनले भने । यस्तो अवस्थामा गुणस्तरीय शैक्षिक परामर्श दिने संस्थाको खाचोँ छ ।
पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले विद्यार्थी र अभिभावकको मन जित्ने गरी मर्यादीत भएर सेवा दिन आग्रह गरे । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले छोटो समयमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे ।

संस्थामा कार्यरत पिन्की शार्ही जि एण्ड के आइडल’बाट सम्मानित भइन् । पोखरामा प्रधान कार्यालय रहेको जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले अष्ट्रेलिया, युके, क्यानडा, डेनमार्क, साउथ कोरिया लगायतका देशमा जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएको छ । बुटवल, दाङ र धनगढीमा शाखा विस्तार गरेको छ ।

जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टका संचालक राजन पन्थीले नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृत लिइ संस्थाले सेवा गरिरहेको जानकारी दिए । कार्यक्रमाम बुटवल शाखाका विवेक बराल, दाङ शाखाका विपिन बराल र धनगढी शाखाका नविन धामीले जि संस्थाको वारेमा बोलेका थिए । स्थापना दिवसकै अवसरमा जि एण्ड केले पोखरामहानगरपालिका वडानम्बर ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको थियो ।



This will close in 20 seconds