बुधबारदेखि धम्पुसमा पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने, महिला तर्फको प्रतियोगिता सुरु भएसंगै पुरुष तर्फको पुरस्कार राषिमा ३३ प्रतिशतले घट्यो

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १३ फागुन

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भोलि (बुधबार) देखि तेस्रो माछापुच्छु«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छु«े गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १७ गते सम्म हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता अन्र्तगत पुरुष तर्फ १४ टिम र महिला तर्फ ५ टिमको सहभागिता रहेको माछुापुच्छ«े गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले बताउनु भयो । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेल पोशाक पुरस्कार प्रदान गरिने भएको छ ।

गत बर्ष पुरुष तर्फ विजेतालाई ३ लाख उपविजेतालाई २ लाख पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष महिला तर्फको इभेण्ट थप भएका कारण पुरस्कार राषि घटाइएको अध्यक्ष गुरुङले जनाउनु भयो । महिला तर्फको इभेण्टका कारण पुरुष तर्फको पुरस्कारमा करिब ३३ प्रतिशत रकम घटेको उहाँले जनाउनु भयो । यस वर्ष देखि महिला भलिबल प्रतियोगिता समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ«े गाँउ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले दाबी गर्नु भयो । उक्त खेलको माध्यमबाट धम्पुस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन गर्न मद्धत पुग्ने उहाँले जनाउनु भयो ।

दोस्रो माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाउँपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रो भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले बताउनु भयो । उक्त प्रतियोगिताको अवसरमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिषेश प्रस्तुती हुने भएको माछापुच्छ«े गाउँपालिका ७ का वडा अध्यक्ष वैकुण्ठ भण्डारीले बताउनु भयो ।