
पोखरा, १२ फागुन,
विद्यालयमा विशेष नाटक प्रस्तुत भयो । टिकटकको वढि प्रयोगले छोराछोरी र अभिभावकलाई परेको असर चित्रण गरिएको थियो । परिवारमा परेको असरले समाज पनि अछुतो भएन । अभिभावकको सपना बोकेका बाबुनानीको जीवन समेत बर्बादा भएको विषयलाई टिकटकले परिवार सँगै समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित भएको विषयलाई पोखरा–१३ स्थित अक्सफोर्ड स्कूलका १३ जना विद्यार्थीले हालै नाटक मार्फत चित्रण गरेका हुन् ।
विशेष गरी टिकटकमा छोटो, आकर्षक र रमाइलो भिडियो सामग्रीले सबैलाई आफ्नो रमाइलो सँगै आम्दानीको मोहमा डुवाएको थियो । धेरैले यसलाई आफ्नो दैनिक जीवनको अनिवार्य हिस्सा बनाए । समय सँगै प्रयोग कर्ताहरूलाई प्रख्यात बनाउन मद्दत पु¥यायो र साथै सामाजिक नेटवर्कमा जोडिएको अनुभुत गरायो । त्यो अनुभुतले विद्यार्थीलाई चपक्कै समातेर पढाई समेत छाड्न वाध्य बनायो ।
दिनरात पैसाको पछि डोरायो विद्यार्थीलाई । दिनप्रतिदिन टिकटकको अध्यधिक प्रयोगले केही नकरात्मक असर सँगै पैसा पनि कम र पहिलाको हाई हाई पनि गुमाएको विषय केन्द्रित रहि विद्यार्थीहरुले विद्यालयको ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रस्तुत गरिएको नाटक हो । नाटकमा टिकटकले केही व्यक्तिहरूलाई मानसिक स्वास्थ्यमा असर पर्ने जस्ता समस्याहरू पनि देखा परे । एकै स्थानमा लामो समयसम्म टिकटक प्रयोग गर्दा शारीरिक र मानसिक थकान पनि बढेको विषय प्रस्तुत गर्दा अभिभाकलाई पनि भक्कानो आयो ।
समय सान्दर्भिक विषय पस्कनाले उपस्थित सबै खुशीले गद्गद् भएको दृश्य देखीयो वार्षिकोत्सवमा । विद्यालयका शिक्षक सुजन सुवेदीको लेखन तथा निर्देशनमा सो नाटक तयार पारिएको थियो । नाटकमा टिकटकको उपयोगले जहाँ एकातिर रमाइलो र अर्कोतिर नकरात्मक असर परेको विषयलाई समेटेर तयार पारिएकोले कार्यक्रममा राम्रो सन्देश दिएको विद्यालयका प्रशासक भुमिराज अधिकारीले पोखराक्लिकलार्ई वताए । राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोख्रेलले वार्षिकोत्सवको उद्घाटन गर्दै विद्यार्थीले प्रस्तुत गरेका भजन र पञ्जेबाजाको प्रस्तुती अन्य विद्यालयमा भन्दा यहाँ फरक पाएकोमा खुशी व्यक्त गरे । विद्यालयका संस्थापक प्राचार्य प्रेमराज अधिकारीले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षा दिदै आएको जनकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य घनश्याम आचार्य, नेशनल प्याव्सन गण्डकीका अध्यक्ष रामवहादुर मोची, नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, माया फाउण्डेशनका सुपरभाईजर एल्को , विद्यालयका अभिभावक रविता गुरुङ लगायत वोलेका कार्यक्रममा विद्यालयका इसिए इन्जार्च विनोद आचार्यले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो रचनात्मक प्रस्तुति गरेका थिए । कार्यक्रममा फरक–फरक शिर्षकमा स्थापना भएका पुरस्कारहरु पनि वितरण गरिएको थियो ।