प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः इन्द्रप्रसाद पौडेल

-


     पोखरा क्लिक     
     फागुन ६ गते २०८१ मा प्रकाशित


पोखरा ६, फागुन,

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट पुनः इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत निर्वाचित हुनु भएको छ । नवपुरको अमलटारी होमस्टेमा हालै सम्पन्न दोश्रो अधिवेसनले पौडेल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको हो ।

त्यसै गरी समितिको उपाध्यक्षमा इतराज गुरुङ, उपाध्यक्षमा रज्जिता शर्मा, महासचिवमा आश गुरुङ, कोषाध्यक्षमा मदन तिमल्सिना, सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी, दिलबहादुर बिक सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ ।

त्यस्तै अन्य सदस्यहरुमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा र नीरज थकाली सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको हो ।



This will close in 20 seconds