उज्विकिस्तानको ब्ल्याक बुल्स र थ्रि स्टार क्लव फाइनल यात्राको लागि आज भिड्दै

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १, फागुन,

पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत आज (विहिबार) दोश्रो सेमिफाइनल खेलमा उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव र थ्रि स्टार क्लव बिच खेल हुने भएको छ । आज दिउसो २ः०० बजे पछि उक्त खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।
आजको बिजेताले नेपाल पुलिससंग उपाधिको लागि फागुन ३ गते शनिबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।

यसैबिच बुधबार भएको खेलमा नेपाल पुलिस क्लवले जितहासिल गर्दे फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चर्च ब्वाईज यूनाइटेडलाई १—० को गोल अन्तरले पराजित गर्र्दै फाइनलमा यात्रा तय गरेको हो ।

पुलिसको जितमा संजिव लामा नायक बन्नु भयो । उहाँले खेलको ५८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । बुधबारको खेलमा लामा म्यान अफ दी म्याच समेत घोषित हुनु भयो ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।



This will close in 20 seconds