पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने कास्की इन्चार्ज अधिकारीको भनाई

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, माघ.

नेकपा माओवादी (केन्द्र) पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल) ले बताउनु भयो । गण्डकी प्रदेशसभाका पुर्व सभामुख समेत रहनु भएको अधिकारी र पर्वत जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य सुदिप कुँवर (अजय)लाई आज नेकपा (माओवादी केन्द्र) पर्वत पोखरा सम्पर्क समन्वय समितिले एक कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकले गरेको कार्यबिभाजन अनुसार कास्की जिल्ला इन्चार्जको इन्चार्जमा अधिकारी र पर्वत जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य कमरेड सुदिप कुँवर (अजय)लाई पर्वत पोखरा सम्पर्क समन्वय समितिले एक कार्यक्रमका बिच बधाई (तथा सफल कार्यकालको लागि शुभकामना) ज्ञापन गरेको छ ।
कार्यक्रममा सम्पर्क समन्वय समितिका उपाध्यक्ष गंगाराम पौडेल, सल्लाहकार गान्धिकुमारी गुरुङ र मोदी गाउँपालिका सचिब अर्जुन पौडेलले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । कास्की इन्चार्ज हिमालले आफुले जुनसुकै हालतमा कास्की जिल्ला पार्टीलाई २०६४ को अबस्थामा फर्काएरै छोड्ने प्रतिबद्धता ब्यक्त गर्दै पार्टी सफल भए मात्रै आफु सफल हुने हुनाले सम्पर्क समन्वय समाजले आफुलाई सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा लिएको बिचार व्यक्त गर्नुभयो। त्यस्तै पर्वत जिल्ला इन्चार्ज अजयले परिबर्तित परिस्थितिसंगै सिर्जनशिल भएर संगठन बिस्तारमा लाग्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा वाईसीएल पर्वत जिल्ला इन्चार्ज बलराम नेपाली, राम्जा पोखरा सम्पर्क समाजका निवर्तमान अध्यक्ष मिना केसि, पुर्व सचिब जिवनाथ तिमिल्सिना, सम्पर्क समन्वय समितिका सहसचिव सबिता शर्मा, नेकपा(माओवादी केन्द्र) मोदी गाउँपालीका समिति सदस्य इन्द्र नेपाली लगायतको उपस्थिती रहको थियो भने कार्यक्रमको अध्यक्षता उपाध्यक्ष गंगाराम पौडेल र सन्चालन सचिव राजेन्द्र तिमिल्सिनाले गर्नु भयो ।