
दीननाथ बराल,
पोखरा २९, माघ,
पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (मंगलबार) भएको अन्तिम तथा चौथोे क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थन्डर नर्थ यूनाइटेड फुटवल क्लवलाई ३—० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा यात्रा तय गरेको हो ।
ब्ल्याक बुल्सको जितमा इस्लोम्जोम अब्दुकोडिरोभ, सइदजामोल दवलतजोनोभ र शभकात्जोन सत्तोरोभले एक÷एक गोलको योगदान दिनुभयो । खेलको ३८ औं मिनेटमा डि एरियामा पाएको वललाई इस्लोम्जोमले दोश्रो बार च्याप्दै प्रहार गरेको वलले जाली चुमेको हो । खेलको ७३ औं मिनेटमा सइदजामोलले करिब १८ यार्ड नजिक पाएको वललाई सिधै पोष्ट चार्ज गर्दा २—० कोे अग्रता दिलाउनु भयो । खेलको ७५ औं मिनेटमा शभकात्जोनले धुलमुलमा गोल गरी गोल अन्तर फराकिलो बनाउनु भएको हो ।
थन्र्डर नर्थले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा यस बर्षको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलबाट यात्रा छोट्याएको छ । थन्र्डर नर्थका फोफोना, मार्क ह्यारिसन, आर्दश तामाङ लगायतका प्रहार गोलमा परिणत हुन सकेन् । मंगलबारको खेलमा ब्ल्याक बुल्सका अलिजोन अलिजोनोभ म्यान अफ दी म्याच घोषित हुनु भयो । मंगलबारको खेलमा उज्विकिस्तानका खेलाडीहरुले केही स्किल समेत प्रर्दशन गर्दा दर्शकले उज्विकिस्ताको समर्थमा हुटिङ गर्नु भएको थियो । ब्याक ब्ल्यूले २—० को अग्रता लिएसंगै दर्शकहरु बाहिरिन सुरु गर्नु भएको थियो ।
समुह बीमा रहेको भारत सिक्किमको थन्डर नर्थले संकटा क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाउदा ब्ल्याक बुल्सले सिधै वाई पाएर क्वाटरफइनलमा प्रबेश गरेको थियो ।
यसैबिच, भोलि पहिलो सेमिफाइनल खेल हुने भएको छ । बुधबार पहिलो सेमिफाइनल खेलमा समुह एको नेपाल पुलिस क्लव बिरुद्ध चर्च ब्वाईज यूनाइटेड बिच दिउँसो २ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । तष्विर शुर्दशन रञ्जित







