
पोखरा, २२ माघ,
पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माविको ७३ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले वार्षिकोत्सवको उद्घाटन गर्दै भद्रकाली विद्यालय र क्याम्पस एक रथका दुई पाग्रां जस्तै रहेको चर्चा गरे ।
१२ कक्षा सम्म विद्यालयमा अध्ययनपछि क्याम्पस एउटै परिसरमा पढ्न सजिलो वातवरण भएको अध्यक्ष वरालले भने । वडावाट गरिने सहयोगमा कुनै पनि कमि नहुने हुँदा प्रधानाध्यापकले गुणात्मक शिक्षको लागि ढुक्क भएर अगाडि बढ्न वरालले अनुरोध गरे । राजनीति बाहिर राखेर शिक्षकले शुद्ध र निष्पक्ष मनोबलका साथ आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा वरालले जोड दिए । विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले विद्यालयका गतिविधि वारे प्रकाश पारे । विद्यालयमा उत्कृष्ट कार्य गरेका शिक्षक तथा कर्मचारीहरु मध्येवाट क्रमश रामप्रसाद आचार्य, कुशल तिमिल्सिना, लक्ष्मी शर्मा अधिकारी, सुमित्रा वराल, मिना श्रेष्ठ, शुष्मा ज्ञवाली र कल्याण कुमार ढेवाजू सम्मानपत्र ,उपहारले सम्मान गरियो ।
त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलोहोस भनि यसैवर्ष अक्षयकोष स्थापना गरेका लोकवहादुर कार्की तथा श्रीमती सरस्वती कार्की, भरत सिग्देल तथा श्रीमती पार्वती सिग्देल, केशवहादुर विक तथा वुहारी लिला कुमारी विक, हरिप्रसाद आचार्य तथा श्रीमती सावित्री आचार्य र चिरञ्जीवी सिग्देल तथा श्रीमती गृहलक्ष्मी सिग्देललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरियो । त्यसैगरी विद्यालयमा प्राथमिक उपचार कक्षा निर्माण गर्न सहयोग गर्नु हुने लायन्स क्लव अफ पोखरा दर्पणका पूर्व अध्यक्ष तथा लाग्रान्डी कलेजका प्रिन्सिपल किरण केसी र भद्रकालीमा कक्षा एक देखी १२ कक्षा सम्म अध्ययन पुरा गरी एम बि बि एसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएकी समिता थापालाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरियो ।
कार्यक्रममा नर्सरी देखी कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । समाजसेवी तथा शिक्षासेवीहरुले स्थापना गरेका अक्ष्यकोषवाट पनि कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानपत्र र नगदले सम्मानित भए । विद्यालय व्यवस्थापन समितिका सदस्य भरत सिग्देलले शिक्षक प्रोत्साहन पुरस्कारवाट मिनवहादुर साउदलाई सम्मान गरे । भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष लोक वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद सिग्देल, जग्गादाताको तर्फवाट रामगोपाल ढेवाजू, पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, नेपाल शिक्षक छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम भुषाल, नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, सम्मानितको तर्फवाट किरण केसी, समिता थापा, अभिभावको तर्फवाट क्रमश देवीप्रसाद सुवेदी, लक्ष्मण श्रेष्ठ र नन्दकेशरी गुरुङ, भूपू विद्यार्थी एशोसिएसनका सदस्य शारदा सिग्देल पराजुली, शिक्षक द्वव उपेन्द्र सुवेदी र शान्ति केशी लगायत वोलेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमल तिवारी र कक्षा ११ विज्ञान संकायमा अध्ययनरत विशाखा महजर्नले स्वागत र विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।





