धम्पुसमा बाघमारा सहकारीको गोष्ठी

-


     पोखरा क्लिक     
     माघ १९ गते २०८१ मा प्रकाशित


पोखरा १९, माघ,

बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि. पोखरा–३३, बाघमाराको आयोजनामा सहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रम अर्धवार्षिक समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ ।

गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकारहरु शिवप्रसाद आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी, संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी लामिछाने लगायत वक्ताले संस्थाले गरेका आर्थिक, सामजिक र वितिय उपलब्धिहरुको बारेमा आफ्नो धारणा राख्दै सहकारीको माध्यमाबाट सामाजिक तथा दिगो आर्थिक रुपान्तरणमा लाग्न सहकार्य र समन्यवमा लाग्ने बिचार व्यक्त गरेका थिए ।

उक्त गोष्ठीमा संस्थाका संचालक समिति, लेखा समिति, ऋण उप समिति र शिक्षा उपसमिति एवम सल्लाहकार र कर्मचारीहरुलाई प्रशिक्षकको रुपमा जिल्ला बचत संघ कास्कीका पुर्व अध्यक्ष सुदिप ढकालले सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तुलसी मणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन शिक्षा उपसमितिका संयोजक अर्जुन अधिकारी, प्राबिधिक सहयोग धमेँश जयसवालले गरेका थिए । उक्त गोष्ठीमा ४० जनाको सहभागिता रहेको थियो।



This will close in 20 seconds