शैक्षिक गुणस्तर सरकारको पहिलो प्राथमिकताः मन्त्री थापा

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८१ मा प्रकाशित


पोखरा १६, माघ,

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शैक्षिक गुणस्तरले मात्रै सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण वढ्ने वताउनु भएको छ । पोखराको नयाँवजारमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रममा वोल्दै मन्त्री थापाले, प्रदेश सरकारले सरकारी विद्यालयको शैक्षिक र भौक्तिक गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको वताउनुभयो ।

सरकार एक्लैको प्रयासमा विद्यालयको गुणस्तर वढ्न नसक्ने कारण अभिभावक, शिक्षक र सरकार त्रिपक्षिय सहकार्य आवश्यक रहेको मन्त्री थापाको भनाई छ । वजारमा शैक्षिक वेरोजगार वढेको तर्फ संकेत गर्दै मन्त्री थापाले अव रोजगारमुलक शिक्षालाई जोड दिनुको विकल्प नरहेको धारणा राख्नुभयो । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले सिक्दै कमाउने अवधारणा अनुसार विद्यालय शिक्षामा नयाँ कार्यक्रम सुरुवात गरेको जानकारी समेत दिनुभएको थियो । मन्त्री थापाले विद्यालयमा ९ नं वडा कार्यालयको सहयोगमा निर्माण गरिएको प्राथमिक उपचार कक्ष तथा मन्त्रीकै पहलमा स्थापना गरिएको आधुनिक पुस्तकालय कक्षको पनि उद्घाटन गर्नुभएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडाले आफ्नो कार्य क्षेत्र भित्रका शैक्षिक संस्थाको उन्नयन र विकासका लागि विशेष ध्यान दिएको वताउनुभयो । उहाँले विद्यालय शिक्षाका लागि पुर्वाधार विकास र गुणस्तर वृद्धिको पक्षमा वडाले काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतवहादुर केसीले विद्यालयको भौक्तिक संरचना र गुणस्तर शिक्षामा आफ्नो विषेश जोड रहेको वताउनुभयो । अध्यक्ष केसीले आगामी वर्ष भित्र कम्युटर ल्याव र विज्ञान प्रयोगशाला निर्माण गर्ने वताउनुभयो । साथै उहाँले विद्यालयलाई छिटटै नै प्राविधिक धारको पढाई तर्फ लैजाने योजना रहेको समेत वताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ९ का वडा सदस्यहरु गिता चर्माकार, लक्ष्मी पहारी, नन्दुराम गिरी, पोखरा वहुमुखी क्याम्पसका पुर्वप्रमुख हस्तवहादुर थापा, पुर्व शिक्षक भीमप्रसाद न्यौपाने, अक्षयकोषदाता विजय वास्तोला, प्रेम गौतम, विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल, सहायक प्रधानाध्यापक जीत खनाल, शिक्षक विष्णुकुमारी पोख्रेल, विद्यार्थी पवित्रा पन्थ, लगायतले विद्यालयको हितका विभिन्न पक्षमा वोल्नुभएको थियो । स्थानीय श्याम रानाले ३ लाख रुपैयाँको अक्षयकोष घोषणा गर्नुभएको छ ।

वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट शिक्षक नवराज आचार्य र अभिाभावक तर्फ सावित्रा जिसीलाई सम्मान गरिएको थियो । साथै, वर्षभरी संचालन भएका विभिन्न कार्यक्रम र विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा कक्षा १२ सम्म मानविक, व्यवस्थापन, शिक्षा तर्फ गरि ९५४ जना विद्यार्थी अध्ययनरत छन् भने ३९ जना शिक्षक कर्मचारी रहेको विद्यालयका सहायक प्रधानाध्यापक जीत खनालले जानकारी दिनुभयो ।



This will close in 20 seconds