
सागर सुनार
पोखरा २७, पुष
पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टचारलाई नियन्त्रण नगरी आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न भएको छैठौं अधिवेशनको उद्घाटन गर्दै देशको आर्थिक बिकास र समृद्धिको मुख्य बादक भ्रष्टचार भएकोले त्यसलाई नियन्त्रण नगरी विकास नहुने दाबी गर्नु भएको हो ।

देशमा भ्रष्टचार बिरुद्धको अभियान नचलाई नहुने बरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई थियो । उहाँले भन्नुभयो“नेपालको सामाजिक आर्थिक रुपान्तरण वा विकास र समृद्धिको निम्ति सबै भन्दा बादक के हो भन्दा हामीले भन्यौं भ्रष्टचार अब यसलाई नियन्त्रण नगरी हामीले चाहेको जस्तो आर्थिक विकास र समृद्धि हासिल गर्न सक्दैनौं, त्यसैले भ्रष्टचार बिरुद्धको अभियानमा अब सबै जुट्नु पर्छ, यसमा पत्रकार जगतले महत्पूर्ण भूमिका खेल्नु पर्यो ।” राजनीतिको भ्रष्टिकरणमा मुख्य समस्या रहेको उहाँको दाबी छ । राजनीतिकको सफाई र सुद्धिकरण देशको आर्थिक विकास र समृद्धिको अर्को आधार भएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाउनु भयो । उहाँले भन्नुभयो“शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो, सूचना, संचार, खानेपानी, बिद्युत, यातायात लगायतका आवश्यकता पूरा नगरी जनताले आफ्नो जीवनमा अनुभुती गर्न सक्दैन । ”
राज्यलाई लुट्ने ठग्नेहरुलाई कार्वाही नगरी नहुने उहाँको तर्क थियो । कानून मिच्नेहरुलाई छाड्न नहुने बताउदै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले शुसासन अनिवार्य सर्त भएको उल्लेख गर्नुभयो । स्वार्थ र गलत मिसनलाई फाइदा पुग्ने गरी पत्रकारहरु लाग्न नहुने बताउदै उहाँले सत्य र तथ्यका आधारमा व्यवसायीक पत्रकारिता गर्न सुझाव दिनुभयो । जनपक्षिय र आम नागरिकको पक्षमा खरो रुपमा कलम चलाउन बरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रंह गर्नुयभो ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवालीले पत्रकार जनताको आवाव वोल्ने गरी पत्रकारले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण अधिकारीले अहिलेको अबस्थामा मिडिया र श्रमजिवीहरु क्सरी बचाउन सकिन्छ त्यस तर्फ महासंघ गम्भिर हुने बताउनु भयो ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रेस सेन्टरका सल्लाहकार कोमलनाथ बराल, माओबादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, कास्की इन्चार्ज रामजी प्रसाद बराल जीवन, कास्की संयोजक विश्वप्रकाश लामिछाने, प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरु, गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, गण्डकी इन्चार्ज दीपक श्रेष्ठ, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मी, प्रेस सेन्टर कास्कीका उपाध्यक्ष दीननाथ बराल, सचिव पुष्पराज दाहाल, कोषाध्यक्ष श्रीभद्र पौडेल लगायतले पत्रकारिताको बारेमा चर्चा गर्नु भएको थियो ।
यसैबिच, यस बर्षको थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट पोखराका कृयाशील पत्रकार दीपक परियार पुरस्कृत हुनु भएको छ । कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार जनपक्षिय पत्रकारितामा करिब डेढ दशक भन्दा बढी समय देखि क्रियाशील हुनुहुन्छ, उहाँलाई शनिबार नगद २५ हजार रुपैया सहित पुरस्कृत गरिएको हो ।





