
दीननाथ बराल,
पोखरा १८, पुष,
गण्डकी प्रदशको राजधानि पोखरामा आज (बिहिबार) देखि २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ सुरु भएको छ । आउँदो माघ १ गतेसम्म पोखराको तालचोक तथा डाडाँकोनाक क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गर्दै नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए ।
कोभिड पछि देशको खस्कदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने उनले बताए । नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साँझेदारीमा पर्यटनको क्षेत्रमा सरकारले काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले जनाए । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्य परेको र प्रदेश सरकारबाट संसोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले जनाए ।
समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोखरा क्षेत्रमा आयोजना हुने मेला र महोत्सवले यस क्षेत्रको आर्थिक अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने गरेको उनको भनाई थियो । विभिन्न उद्धेश्यले आयोजना हुने मेला तथा महोत्सवले स्थानिय उत्पादन र स्थानिय उद्योग व्यपारको प्रबद्र्धन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले यस्ता मेला र महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै युवालाई स्वदेशमा नै केही गर्न सकिने भन्ने सन्देस दिएको जनाए । यस्ता महोत्सवले युवा र कृषि प्रबद्र्धनमा बिषेश जोड दिनुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकका मेयर धनराज आचार्यले कवि शिरोमणि लेखनाथको नामबाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाँचो भएको बताए । उनले यस क्षेत्रका तालहरुको संरक्षणमा स्थानियहरुको समेत चासो बढ्नुपर्ने बताए ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको बताए । राष्ट्रिय बाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोलले देशमा हाल सहकारी सहित केही विक्तिय क्षेत्रमा समेत समस्या उत्पन्न भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ, झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजक बुद्धिकुमारी थापामगर, संघका उपमहासचिव भरतराज ओझा, महासचिव जानुका पराजुली अधिकारी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले महोत्वको बारेमा चर्चा गरेका थिए ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ विहिबार देखि सुरु भएको महोत्सवमा विभिन्न व्यपारीक ३ सय ३६ वटा स्टलहरु रहेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए । महोत्सवमा २ लाख ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने आयोजकले जनाएको छ ।
संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेठले जनाए । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने उनले जनाए ।
देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न महोत्सवले थप मद्धत पृुग्ने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले बताइन ।
राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु महोत्सवमा हुदैछन । रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती हुदैछन् । महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको जनाए ।






