बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका संचार माध्यममा उच्च स्थान प्राप्त पर्यो(भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, पुष,

पोखरामा जारी बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका धेरै मुलुकमा प्रथामिकता पाएको छ । पोखरामा पहिलो पटक आयोजना भएको बेलुन महोत्सवको बारेमा अमेरीका, अष्टेलिया, ब्राजिल, फ्रान्स, वेलायत लगायका देशहरुमा नेपालको बारेमा यस्तो समाचार पहिलो पृष्ठमा छापिनु नेपालको र बेलुन खेलको विश्वमा व्यापक चर्चा परिचर्चा भएको आयोजक बेलुन नेपालका अध्यक्ष बिक्रम पावेले बताउनु भयो ।

उक्त महोत्सवमा सोमबार देखि महोत्सवमा दर्शकको अत्याधिक भिड भएको महोत्सव आयोजक बेलुन नेपालले जनाएको छ । उक्त महोत्सवमा जानको लागि पोखरा लेकसाइडको डिहिकोपाटन देखि ७ वटा निःशुल्क सटक बसको व्यबस्था गरिएको छ । महोत्सवलाई सफल पार्न उक्त बस सेवाको ब्यबस्था मिलाएको छ । महोत्सवमा जाने दर्शको अत्याधिक भिड भएकोले हरेक सटक बसमा यात्रुकोे अत्याधिक भिडभाड भएको छ ।

महोत्सवको अवसमा हालसम्म ५ हजार पर्यटकले हर्ट एयर बेलुन उडान गरेको अध्यक्ष वाडेले दाबी गर्नुभयो । पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा जारी उक्त महोत्सवमा एक लाख भन्दा बढी दर्शक सहभागि भएको उनले दाबी गर्नु भयो । बि. वाई.डी. को मुख्यः प्रायोजनमा भएको महोत्वसलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रबर्द्धकमा रहेका छन । उक्त क्षेत्रमा दैनिक उपभोग्य बस्तु देखि फलफुल तरकारी र चटपटेका पसलहरु समेत अस्थाईको लागि खुलेको बेलुन नेपालकी सपना कार्कीले बताउनु भयो । फेवाफाँटमा भएको वेलुन उडानको न्यूनतम ८ देखि १० मिनेट वेलुनमा उडान गरेको प्रति व्यक्ति २ हजार रुपैया शुल्क लिने गरेको बेलुन नेपालले जनाएको छ ।

उक्त महोत्सवको वेलुन उडान मुख्य आकर्षणको रुपमा रहेको छ । बिहान लौरुकबाट करिब ३० देखि ४० मिनेट उडान गरेको ११ हजार शुल्क लाग्ने भए पनि दिउँसो देखि साँझ सम्म फेवाफाँटमा उक्त सस्तो प्याकेजमा धेरै पर्यटकहरुलाई वेलुनमा उडेको मनोरन्जन दिन उक्त प्याकेज ल्याएको जनाउनु भयो । बेलुन उडान गर्नेहरुको सोमबार र मंगलबार अत्याधिक भिड भएको उहाँले जनाउनु भयो ।

पोखराको आकाशमा १५ देशका एकै पटकमा १७ वटा हर्ट एयर बेलुन यही पुष ९ गते देखि उड्न सुरु भएको छ । यही पुष १७ गतेसम्म संचालन हुने महोत्सवमा हालसम्म करिब ५ हजार जनाले वेलुनमा उडेको प्रा.लि.ले जनाएको छ । फेवाफाँटमा भने विभिन्न खानाका स्टल सहितको सहुलियत मुल्यमा वेलुन उडान तथा सांस्कृतिक कार्यक्रम प्रर्दशन भएको कार्यक्रम संयोजक सविन मर्हजनले बताउनु भयो । अन्तराष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन सहयोग पुग्ने उहाँले जनाउनु भयो ।

पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि भएकोे आयोजकले जनाएको छ ।