
दीननाथ बराल,
पोखरा ६, पुष,
नेपाल फिजिकल टेनिङ एशोशियसन संघिय समिति पोखराको आयोजनामा पोखरामा शनिबार सम्पन्न भएको दोश्रो बि.एफ.टी. प्रतियागिता २०८१ मा कोशी प्रदेशको वर्चश्व रहेको छ । मुख्य गरी कोशी सहित बागमती र गण्डकी प्रदेशका ३० जना खेलाडीहरु बिचको २ किलोमिटर दौडमा कोशी प्रदेशका धावकहरुले उपाधि जित्नु भएको हो ।

पोखरा रंगशालामा आज(शनिबार) भएको प्रतिष्प्रर्धामा वुसन मगर प्रथम हुनु भएको छ । उहाँले निर्धारित दुरी ५ मिनेट ५३ः९० सेकेण्डमा पार गर्दै उपाधि सहित नगद १० हजार प्राप्त गर्नु भयो । प्रतियोगितामा बिष्णु कुमार मगर दोश्रो र अर्जुन लिम्बु तेश्रो हुनु भयो । मगरले निर्धारित दुरी ६ मिनेट ०१ः३० सेकेण्डमा पार गर्दा तेश्रो हुनु भएको लिम्बुले भने ६ मिनेट ०१ः७० सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले पुरस्कार वितरण गर्नु भएको हो । संस्थाका अध्यक्ष गोपाल राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शेरबहादुर गुरुङ, कार्यक्रम संयोजक जगबहादुर गुरुङ लगायतले खेलकुदको बारेमा चर्चा गर्नु भएको थियो । बृटिस, सिंगापुर, भारतिय लाहुरे हुनको लागि पूर्व तयारी स्वरुप फिजिकल ट्रेनिङले उक्त दौड आयोजना गरेको अध्यक्ष राईले जनाउनु भयो ।






