पोखराको हार्वड एकेडेमीमा शनिबार देखि हार्वड खुल्ला स्क्र्यावल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     मंसिर २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, मंसिर,

पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेको हार्वड एकेडेमीमा आउँदो शनिबार देखि हार्वड खुल्ला स्क्र्यावल प्रतियोगिता २०८१ हुने भएको छ । स्क्र्यावल क्लवको प्राविधिक सहयोगमा आइतबार दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको विहिबार बिद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

प्रतियोगितामा १२ जिल्लाका १ सय जना खेलाडीहरु सहभागि हुने भएको बिद्यालयका प्रधानाध्यापक श्रीकृष्ण अधिकारीले बताउनु भयो । प्रतियोगिता विभिन्न उमेर समुह यू—१२, यू—१४, यू—१६ र यू—१८ को इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको उहाँले जनाउनु भयो । विजेता खेलाडीलाई जनही ३ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । स्क्र्यावल क्लवको सहकार्यमा हुने प्रतियोगितामा खेलाडीहरु आवासिय सहित दर्ता गर्दा प्रति खेलाडी २ हजार ५ सय र खाना सहितको दर्ता गर्दा भने १ हजार २ सय रुपैया शुल्क निर्धारण गरिएको बिद्यालयले जनाएको छ । बिद्यार्थीहरुको लागि नेपाली तथा अग्रेंजी भाषाको विकासको लागि उक्त खेल महत्वपूर्ण हुने प्रधानाध्यापक अधिकारीले जनाउनु भयो । उक्त खेललाई आफुहरुले प्याब्सन कास्कीमा समेत समेट्ने प्रयास गरेको उहाँले जनाउनु भयो । उक्त कार्यक्रम सम्पन्न गर्न करिब १० लाख ६० हजार खर्च लाग्ने बिद्यालयले जनाएको छ ।

स्क्र्यावल क्लव नेपालको पहिलो र एकमात्र शव्दसञ्जाल खेलको आधिकारिक संस्था हो । अँग्रेजीका अतिरिक्त नेपाली र गणितका स्क्र्यावलहरु पनि तयार गरी प्रयोगमा ल्याएको यस क्लवले आयोजना गरेका विभिन्न कार्यक्रमहरू यसै क्लवको फेसवुक ग्रुप तथा व्लगबाट समेत सार्वजनिक छन् । यसको सम्पर्क कार्यालय पोखरा सार्वजनिक पुस्तकालय वा अमेरिकन कर्नर पोखरा रहेको छ ।

प्रतियोगिता संचालनको लागि सिमित बोर्ड हाल करिब ५० वटा र गोटी समेत कम भएकोले गर्दा चाहेर पनि दुई दिनको खेलमा १ सय जना भन्दा बढी सहभागि गराउन नसकिने भएको क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनु भयो । विश्वका १ सय २० भन्दा बढी देशमा ४ हजार भन्दा बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिने स्क्र्यावल हाल नेपालमा भने ४० भन्दा बढी जिल्लाहरूमा यो खेल परिचित भैसकेको क्लवका सहकोषाध्यक्ष नविन पन्तले बताउनु भयो ।



This will close in 20 seconds