पोखरामा फोटोनको भव्य शुभारम्भः ३ दिने टेस्ट ड्राइभ अनुभवःअभियानको साथ माउन्टेन ईभीको परिचय

-


     पोखरा क्लिक     
     मंसिर २४ गते २०८१ मा प्रकाशित


फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको पोखरामा भव्य शुभारम्भ गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ।

१३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्कसँगै यो ईभी भिरालो पहाडहरुमा पनि सजिलैसँग गुड्नको लागि बनाइएको छ। भव्य शुभारम्भपछि फोटोन नेपालले ग्राहकहरूलाई माउन्टेन ईभीको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै ३ दिने विशेष टेस्ट ड्राइभको अनुभव प्रदान गर्दैछ। टेस्ट ड्राइभ १०-१३ डिसेम्बर २०२४ सम्म फोटोन शोरुम बुद्ध चोक पोखराबाट प्राप्त हुने छ। माउन्टेन ईभी भ्यान पोखराका विद्यालय, सरकारी तथा निजी कार्यालयका लागि विशेष उपयुक्त छ। माउन्टेन ईभी भ्यानमा १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइन छ जसले दैनिक यात्रा र लामो दूरीको यात्राको लागि आराम र दक्षता प्रदान गर्दछ। एमएडब्लू वृद्धीका प्रतिनिधि विवेक सिकरियाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “देशको विविधतायुक्त र चुनौतिपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन ईभी भ्यान नेपालको यातायात क्षेत्रलाई साँच्चै नै रूपान्तरण गर्न तयार छ।” एमएडब्लू वृद्धी ग्रुपका सीईओ तुषार गुप्ताले फोटोनको विरासतलाई जोडेर भने, “चीनमा १९ वर्षदेखि अग्रणी ब्रान्डको रूपमा रहेको एवम् भारत र दक्षिण अमेरिकामा बलियो बजार उपस्थिति भएको फोटोनले आफ्नो अतुलनीय ईभी विशेषज्ञता नेपालमा ल्याइरहेको छ।

यसले स्थानीय आवश्यकताहरूको लागि आफ्नो उत्पादनलाई अनुकुलन गरेको छ।” माउन्टेन ईभी भ्यानका मुख्य विशेषताहरू: अटो: होल्ड कन्ट्रोल स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण दुई ड्राइभिङ मोडहरू R16 टिकाउ टायर असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्चस्तरका विशेषताहरुका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्दैछ। यो शुभारम्भले देशको यातायात क्षेत्रमा हरित भविष्यको लागि मार्ग प्रशस्त गर्दै स्थिरता र नवीनताप्रति फोटोनको समर्पणलाई समेत प्रतिबिम्बित गर्दछ। फोटोन नेपाल र एमएडब्लू वृद्धि ग्रुपको बारेमा नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ मा स्थापित एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालनमा छ। व्यावसायिक र विद्युतीय सवारीसाधनहरूमा विशेषज्ञता हासिल गर्दै फोटोन, सोकोन, सेरेस, नाम्मी र चांगानजस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एमएडब्लू वृद्धिले भरपर्दो स्टक, सजिलै उपलब्ध पार्टपुर्जा र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ।



This will close in 20 seconds