
दीननाथ बराल,
पोखरा १९, मंसिर,
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमा बन्ने परिषदको बैठकले तोक्ने बताउनु भएको छ । आगामी फागुन महिनाको अन्तिम सातामा उक्त प्रतियोगिता हुने गरी निर्णय गर्ने तयारी भएको उहाँले खुलसा गर्नु भयो ।
आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात विभिन्न खेल संघहरुसंग सक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले पत्रकारसंग कुराकानी गर्दै विश्व कप क्रिकेटको लागि बजेट अभावले गर्दा कुनै खेलहरु प्रभावित नहुने बताउनु भयो । पोखरामा समेत आयोजना हुन सक्ने विश्व कप क्रिकेटको आवश्यक पूर्वाधार निर्माणमा राज्यले लगानी गर्ने उहाँले बताउनु भयो । मन्त्रीको साथमा गण्डकी प्रदेशमा सामाजिक बिकास ,युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतको उपस्थिती रहेको थियो ।
यसै सम्बन्धि एक भिडियो सामाग्रि ।






