
पोखरा १३, मंसिर,
नेपाल पुनमगर समाज केन्द्रिय समिती पोखरा कास्कीको दोस्रो राष्ट्रिय अधिवेशन आगाामी मंसिर २९ गते पोखरामा हुने भएको छ । पोखरा सभागृहमा संचालन हुने उक्त कार्यक्रमको पूर्व सन्ध्यामा बिहान ११ः०० बजे मानव अधिकारचोकबाट झाँकी सहितको र्याली पोखरामा प्रर्दशन गरिने भएको संस्थाका अध्यक्ष हर्क बहादुर पुनमगरले बताउनु भयो ।
“मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातिय पहिचान ! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम हुने तयारी गरिएको उहाँले जनाउनु भयो ।
नेपालको जनगणना २०७८ को नतिजा अनुसार मगर जातिको संख्या (२०,१३,४९८) देशकै तेस्रो स्थानमा रहेको छ र आदिवासी जनजातिहरुमा सबैभन्दा धेरै जनसंख्या रहेको समुदाय भएको बताइन्छ । मगर जातिमा बोलिने मातृभाषाहरुमा खाम, ढुट र काइके गरि तीन वटा भाषा बोलिन्छ । पुन मगरहरुको मातृभाषा खाम भाषा हो ।
पुनमगरहरुले आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि नेपाल पुनमगर समाज २०७२ सालमा श्री हर्कबहादुर पहरे पुनमगरको नेतृत्वमा स्थापना भएको संस्थाका खम बहादुर पुनमगरले बताउनु भयो ।
निवर्तमान उपराष्ट्रपती नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुने तयारी गरिएको छ ।





