
पोखरा १३, मंसिर,
स्पेनमा हालै आयोजित १० औं (ल्क्ष्ल्त्ब्क्ष्) कप स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराँते प्रतियोगिता २०२४ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ मुख्य रेफ्रिको भूमिका निभाउनु भएको छ ।
स्पेन जस्तो देशमका आयोजना भएको प्रतियोगितामा मुख्य रेफ्रीको भूमिकामा निभाउने अवसर प्राप्त गर्नु समग्र नेपाल र कराँते खेलको समेत इज्जत बढेको रुम्बाले स्पेनबाट बताउनु भयो । उहाँले भन्नुभयो“ मलाई स्पेनमा विश्वास गरेर मुख्य रेफ्रिको भूमिका दिइएको थियो, जसलाई मैले मेरो वलबुताले भ्याएसम्म सहि न्याय दिने गरी रेफ्रिको भूमिका खेले । ” रिङमा आफ्नो अनुभव र क्षमताको उच्चतम प्रदर्शन गर्दै उहाँले आयोजक समितिलाई समेत धन्यवाद दिनु भएको छ ।
यसैबिच, उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विष्णु बहादुर सार्कीले नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुनु भएको थियो । सन् २०२४ नोभेम्बर २३ र २४ मा संचालन भएको प्रतियोगितामा खेलाडी विष्णु सार्कीले पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु भएको थियो तर अर्को खेलमा ग्रीसका खेलाडीसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिनु प¥यो।
नेपाल फर्किएपछि आफ्नो अनुभव र ज्ञान नेपाली खेलाडीहरूसँग बाँड्ने र कराँते खेलकुदको विकास र विस्तारमा ध्यान केन्द्रित गर्ने रुम्बाले योजना बनाउनु भएको छ । यस्ता प्रतियोगिताले दुई देश बीचको भाईचारा र सम्बन्ध प्रगाढ हुनुका साथै अनुभव र ज्ञान आदानप्रदान हुने उहाँले जनाउनु भयो । उहाँ करिब दुई बर्ष देखि स्पेनमा रहदै आउनु भएको छ ।







