विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले आईसीसीको टोली पोखरामा

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, मंसिर,

विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले यति वेला आईसीसीको टोली पोखरामा रहेको छ । नेपालमा सन् २०२७ मा हुने महिलाहरुको यु–१९ वल्डकप क्रिकेट प्रतियागिताका केही खेलहरु पोखरामा समेत हुन सक्ने सम्भावनाको खोजि गर्न आईसीसीको एक टोली हाल पोखरामा आएको हो ।

नेपालले महिला यू—१९ विश्व कप क्रिकेट आयोजना गर्ने भए पछि पोखरामा पनि यसको कति सम्भावना छ भनेर आईसीसीको टोली पोखरा आएको क्यान गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । पोखरामा केही थोरै प्राविधिक बिषयहरु बाहेक अन्य हिसावले पोखरा निकै उपयुक्त भएको उहाँको दाबी छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को बोर्ड बैठकले सन २०२७ मा नेपाल र बंगलादेशमा उक्त वल्र्ड कप क्रिकेट आयोजना गर्ने ंनिर्णय गरेको हो । सोही अनुसार आईसीसी प्रतिनिधिको एक टोलीले मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानको अध्ययन तथा अवलोकन गरेको छ । टोलीमा आईसीसीका वरिष्ठ प्रबन्धक रोहित पोडर, विकास अधिकृत अमिनुअल इस्लाम, साथमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष पदम खड्का लगायतको सहभागिता रहेको क्यान गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो ।

टोलीले पोखरा रंगशालाको क्रिकेट मैदानको बारेमा सोधपुछ गरेको छ । टोलीले केही समय पछि पोखरामा उक्त वल्र्ड कप आयोजन गर्न उपयुक्त स्थान हुने वा नहुने अर्थात केही सुझावहरु भने आईसीसीलाई नै बुझाउने भएको हो ।

उक्त टोलीलाई मंगलबार पोखराका मेयर धनराज आचार्यले खाला लगाउदै पोखरामा स्वागत गर्नु भएको छ । विश्वकप पोखरामा आयोजना गर्न आफुहरु तयार रहेको आवश्यक कुनै थप भौतिक पूर्वाधार निर्माण गर्ने बिषयमा समेत महानगर सकरात्मक भएको उहाँको भनाई थियो । यही मंसिर १५ गतेबाट नेपालमा सुरु हुने आईपिएल लिग क्रिकेटमा गण्डकी प्रदेशको टिम पोखरा एभेन्जर्सको प्रोत्साहन र हौसलाको लागि समय मिलेसम्म हुटिङ गर्ने बताउनु भयो ।

यसैबिच, केही दिन देखि पोखरा एभेन्जर्सको टिम पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त भएको छ । पोखराका मार्कि खेलाडी कुशल भुर्तेल हुनुहुन्छ भने प्रशिक्षकमा भारतका राजीव कुमार रहनु भएको छ । मंसिर १८ गते चितवनको चितवन राइनोज संग पोखरा एभेन्जरले पहिलो खेलमा प्रतिष्प्रार्धा गर्ने भएको छ ।