फेवा सहकारीको सहकारी सदस्य शिक्षा तालिम सम्पन्न

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८१ मा प्रकाशित


पोखरा, ११ मंसिर,

फेवा बचत तथा ऋण सहकारी संस्था लि.को रजत जयन्ती (रजत वर्ष) को अवसरमा आयोजित सहकारी सदस्य शिक्षा कार्यक्रम एक कार्यक्रम बीच शिक्षा उप समितिको सक्रियतामा सम्पन्न भएको छ । उक्त सहकारी सदस्य शिक्षा तालिम कार्यक्रममा तमू सांस्कृति प्रतिष्ठान नेपाल का कार्य समिति लगायत संस्थाका शेयर सदस्य र कर्मचारी समेत करिब १ सय ५० जनाको सहभागितामा सम्पन्न तालिममा फेवा सहकारीका निबर्तमान अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको प्रमुख अतिथिमा ब्यानरमा हस्ताक्षर गरि तालिमको उद्घाटन गर्नुहुदै सहकारीको हालको अबस्था र आफ्ना शेयर सदस्यहरूलाई कसरी सक्रिय बनाउने र सहकारीको निती नियम र सहकारीको सदस्य हुन के के बुझ्नुपर्ने जानकारी गराउने उद्देश्य राखी संचालन गरेको तालिमको सफलताको शुभकामना दिनु भयो ।

उक्त सहकारी सदस्य तालिम कार्यक्रममानराष्ट्रिय सहकारी बैँक लि. गण्डकी प्रदेशका प्रमुख एवं प्रमुख प्रशिक्षक नरेश पाण्डेले सरल शैलीमा सबैले बुझ्नेगरी प्रशिक्षण दिनु हँुदै सहभागी शेयर सदस्यहरूले संस्था प्रति गर्नु पर्ने दायित्व, संस्था सञ्चालन गर्न जिम्मेवारी व्यक्तिको इमान्दारी हुनु पर्ने, यस संस्था गण्डकी प्रदेशको उत्कृष्ठ संस्थामा छनोट भएको र आगामी दिनमा केन्द्रकै उत्कृष्ठ संस्था बनाउन सदस्यहरुको महत्वपूर्ण योगदान हुनु पर्ने र संस्था दिर्घकालीन रुपमा राम्रो हुन सानो सानो बचतलाई बढी प्रथामिकता दिनु पर्ने र मासीक बचत अनिवार्य गराउनु पर्ने कुराहरुमा सहजीकरण गराउनुहँुदै फेवा सहकारी कस्को भन्दा फेवा सहकारीलाई मेरो सहकारी भनेर भनी सबै कारोबार फेवा बाटै गरेर मजबुत बनाउनु पर्ने र बेला बेलामा निगरानी गर्नु पर्ने कुरामा जोड दिनुहुदै फेवा सहकारीको सहकारीका सबै कोष हरू मजबुत रहेको बताउनु भयो ।

उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले संस्थाको वित्तिय अवस्था प्रस्तुत गर्नु हुदै २७ जना शेयर सदस्यबाट रु.४६५००÷– पुँजी जम्मा गरी सुरुवात गरेको संस्थाको हाल २६२३ जना शेयर सदस्य र १ अर्व ३२ करोड रूपैया बराबरको कारोबार पुगेको र संस्थाको जगेडा कोष ८ करोड २ लाख रूपैया रहेको बताउनुहुदै संस्था अझ बढी मजबुद हुन जगेडा कोषमा अझ बढि बृद्धि गर्नु पर्ने कुराहरू शेयर सदस्यहरु माझ प्रष्ट पार्नु भएको कार्यक्रममा संस्थाका कार्यकारी अधिकृतले राम्रा सदस्यहरु ऋण माग गर्न आएमा संस्थाले ऋण लगानी गर्न तरलता पर्याप्त मात्रामा रहेको बताउनु भएको थियो भने यस्ता खालका कार्यक्रमहरु चरण बद्ध तरिकाले गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तालिम कार्यक्रममा सहभागी तमू सांस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ्गले शुभ कामना का साथ प्रतिष्ठानको नाम मा रहेको अक्षयकोषबाट प्राप्त ब्याज बाट हाल नेपालका २२ जिल्लामा गुरूङ जातीय पहिचान भए का अति बिपन्न बर्गका बालबालिकाहरूलाइ स्कलर शिप दिएर पठन पाठन कार्यमा सहयोग गरेको र उक्त कार्यमा फेवाको ठुलो सहयोग रहेको बताउनु भएको उक्त तालिममा शेयर सदस्य हरि बहादुर थापालगायत धेरै सदस्यले सहकारीको अहिलेको परिस्थिति सम्बन्धि छलफल गरी सुझाव आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक किरन बैद्य विजुक्छेले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको उक्त तालिममा संस्थाका शिक्षा समिति सदस्य किरण पाण्डेले स्वागत स्वागत गर्नुभएको उक्त तालिममा फेवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको फेवा सहकारी शिक्षा समितिका सदस्य ऋषिराम पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।