रास्वपाका सभापति लामिछानेलाई पुनः पाचौं पटक म्याद थप

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८१ मा प्रकाशित


पोखरा ९ मंसिर,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतले पुनः १५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो ।

सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ पर्नु भएको सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल वेलवासीका्े इजलासले रवि माथि थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । पहिलो पटक ६ दिन म्याद दिएकोे अदालतले दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको म्याद दिएको थियो भने चौथो पटक १३ दिनको म्याथ थप गरेको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामिछाने विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएसंगै लामिछाने हवाई मार्ग हुर्दै रुपन्देहीमा समेत लगेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंको गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको सभाति लामिछाने माथि आरोप छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको भन्दै पूर्वप्रबन्ध निर्देशक रवि सहित पूर्वउपाध्यक्ष समेत रहनु भएको पूर्वडीआईजी छविलाल जोशीलाई समेत अदालतमा उपस्थित गराइएको थियो ।

यसैबिच, रास्वपाले आइतबार पोखराको मानव अधिकार चोकमा धर्ना दिएको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर म्याद थप गर्दै हिरासदमा राखेको बिरोधमा रास्वपाको आरोप छ । आइतबार पनि पोखराको सुरक्षा व्यबस्था कडा पारिएको थियो । जिल्ला अदालत देखि शहिदचोक लगायतको क्षेत्रमा हाल निषेधज्ञा जारी गरिएको छ ।