पोखरा यूनाइटेड एकेडेमीमा स्पोट्स मिट जारी

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, मंसिर

पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोट्स मिट २०८१ अन्र्तगत शुक्रबार विभिन्न प्रतियोगिताको फाइनल चरण सम्पन्न भएको छ ।

जुनियर तर्फको बास्केटवल प्रतियोगितामा ब्लू समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । त्यसै गरी जुनियर भलिवल प्रतियोगितामा भने रेड समुह प्रथम हुँदा ब्लू समुह दोश्रो भयो । सिनियर भलिवल तर्फ ग्रिन समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । छात्रा प्लस टु तर्फको डोरी तान्ने प्रतियोगितामा कक्ष ११ को विज्ञान समुह प्रथम, कक्षा १२ को बिज्ञान को अर्को समुह दोश्रो भयो । डोरी तान्नेमै सिनियर छात्रा तर्फ एल्लो समुह प्रथम हुँदा ब्लू समुह दोश्रो भयो भने सिनियर छात्र तर्फ ब्लू प्रथम, एल्लो समुह दोश्रो भयो ।
प्लस टु भलिवल छात्रा तर्फ भने मानविकी समुह कक्षा १२ को टिम प्रथम, कक्षा ११ को बिज्ञान समुह दोश्रो भयो । प्लस टु छात्र तर्फको फुटवलमा कक्षा १२ को मानविकी समुह नै प्रथम भयो भने कक्षा ११ को मानविकी समुह दोश्रो भयो । त्यस्तै कक्षा ५,६ र ७ का बिद्यार्थीहरुको बिच भएको फुटवल खेलमा रेड समुह प्रथम, ब्लू समुह दोश्रो भयो । प्लस टु कवडी छात्रा तर्फ कक्षा ११ को  व्यबस्थापन संकायका समुह प्रथम र कक्षा १२ को मानविकी दोश्रो भयो । सिनियर फुटवल छात्र तर्फको खेलमा रेड समुह प्रथम, ग्रिन समुह दोश्रो भयो । प्लस टु भलिवल छात्र तर्फ कक्षा ११ को मानविकी समुह प्रथम, कक्षा १२ को मानविकी समुह दोश्रो भयो । छात्रा जुनियर बास्केटबल तर्फ ग्रिन समुह प्रथम, एल्लो समुह दोश्रो भयो । बास्केटवल सिनियर छात्रा तर्फ एल्लो समुह प्रथम, ब्लु समुह दोश्रो भयो । बास्केटवल जुनियर छात्र तर्फको इभेण्टमा ब्लु समुह प्रथम, रेड समुह दोश्रो भयो ।  भलिवल छात्रा सिनियर तर्फको प्रतिष्प्रर्धामा एल्लो प्रथम, ब्लु दोश्रो भयो । भलिवल छात्रा जुनियर तर्फ ग्रिन समुह प्रथम, रेड समुह दोश्रो भयो ।

प्लस टु भलिवल तर्फ कक्षा ११ को मानविकी समुह प्रथम, कक्षा १२ को मानविकी समुह दोश्रो भयो । कवडी छात्रा सिनियर तर्फ ब्लु समुह प्रथम हुँदा ग्रिन समुह दोश्रो भयो । त्यस्तै प्लस टु बासकेटवल छात्रा तर्फको खेलमा कक्षा ११ को विज्ञान समुह प्रथम र मानविकी कक्षा १२ को समुह दोश्रो भएको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो ।

प्रतियोगिता समापन आउदो शनिबार मंसिर १५ गते हुने भएको बिद्यालयले जनाएको छ । हरेक बर्ष जसो बिद्यार्थीहरुको खेलकुदमा रुचि बढ्दै गएको विद्यालयका प्रिन्सिपल बयन बहादुर गोदारले बताउनु भयो । बिद्यार्थीहरुको शिक्षासंगै अतिरिक्त कृयाकलापमा जोड दिन उक्त कार्यक्रम बार्षिक रुपमा आयोजना गर्दै आएको उहाँको भनाई थियो । उक्त स्पोट्र्स मिटमा राष्ट्रिय खेल भलिवल, फुटवल, बास्केटवल लगायतका विभिन्न प्रतियोगिता राखिएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले जनाउनु भयो ।