
दीननाथ बराल
पोखरा ६, मंसिर,
पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटेर्स मिट २०८१ विहिबार पनि जारी रहेको छ । उक्त स्पोटेर्स मिट अन्र्तगत को दोश्रो दिन आज (बिहिबार) विभिन्न चरण सहित फाइनल खेलहरु समेत भएको शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो ।
भोलि(शुक्रबार) बाँकी रहेका केही खेलको फाइनल खेलहरुसंगै प्रतियोगिता समापन हुने भएको उहाँले जनाउनु भयो । उहाँका अनुसार ९ सय बिद्यार्थीहरु रहेको बिद्यालयमा एक तिहाई करिब ३ सय जना बिद्यार्थीहरु विभिन्न खेलकुदमा आबद्ध हुनु भयो । हरेक बर्ष जसो बिद्यार्थीहरुको खेलकुदमा रुचि बढ्दै गएको विद्यालयका प्रिन्सिपल बयन बहादुर गोदारले बताउनु भयो ।
बिद्यार्थीहरुको शिक्षासंगै अतिरिक्त कृयाकलापमा जोड दिन उक्त कार्यक्रम बार्षिक रुपमा आयोजना गर्दै आएको उहाँको भनाई थियो । उक्त स्पोट्र्स मिटमा राष्ट्रिय खेल भलिवल, फुटवल, बास्केटवल लगायतका विभिन्न प्रतियोगिता राखिएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले उल्लेख गर्नु भयो ।





