पोखरा ६, मंसिर,
पोखरा मासवार स्थित स्टेप बाइ स्टेप माविमा यस बर्षको बार्षिक खेलकुद प्रतियोगिता २०८१ सुरु भएको छ । बुधबार बिद्यालयमा आयोजित एक समारोहका बिच विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम,आइन्सटाइन हाउस द्वितीय, भयो भने छात्रा फुटबलमा आइन्सटाइन हाउस प्रथम र मार्कोनी हाउस द्वितीय भएका थिए । त्यसै गरी छात्रा भलिबलमा न्युटन हाउस प्रथम हुँदा मार्कोनी हाउस द्वितीय भयो ।
प्रतियोगिताको पहिलो दिन क्रिकेट, टेबल टेनिस, म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाइ, १०० मिटर दौड, २०० मिटर दौड, मिठाइ दौडका प्राराम्भिक चरणका खेलहरु पनि भएका थिए । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने बताउनु भयो । बिद्यालयमा पढाइको साथसाथै खेलकुदलाई पनि स्टेप बाइ स्टेप माविले वर्ष भरी कै समय तालिका बनाएर खेलकुद सञ्चालन गर्दै आएको उहाँले जनाउनु भयो । विद्यार्थीहरुको खेलकुदको सीपलाई अभिवृद्धि गर्न यस किसिमको खेलकुद प्रतियोगिता आयोजना गरिएको हुनाले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित भई खेलमा सहभागी हुन उहाँको निर्देशन थियो ।
विद्यालयका सहप्रचार्य दीपक गिरीले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लबहरुमा अनुबन्धित भएको बताउनु भयो । विद्यालय प्रांगणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु संचालन गरिएको विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले उल्लेख गर्नु भयो। प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्वारा खेलहरु जारी रहेको छ । प्रतियोगितामा खेलका विभिन्न चरणहरु तीन दिनसम्म सञ्चालन हुने भएको छ ।





