
पोखरा २७, कात्तिक,
पोखराको तुलसी घाट क्षेत्रमा हरिबोधिनी एकादर्शी (ठुला एकादशी) पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो ।
यसै, सम्बन्धि भिडियो सामाग्रि ।
पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यस बर्ष दर्शनार्थीहरुको अत्याधिक भिडभाड भएको उहाँले दाबी गर्नु भयो ।

तुल्सीघाट जाने बाटोमा शिव लिङहरु हालै निर्माण भएकोले बिष्णुका भक्तहरुले दुध समेत चढाउनु भएको छ । पोखरा र पोखरा आसपासका भक्तजनहरु झाँकीमा भजनकृतको साथमा फुल सहित तुल्सी घाट पुग्नु भएको हो । पन्चे बाजाको साथमा केही स्थानमा भक्तजनहरु रमाउदै नाच्नु भएको थियो । तुल्सी घाट क्षेत्रमा यस बर्ष १ सय ८ शिव लिङ्ग, गणेश मन्दिर, ५ वटा ढुंगे धारा, गार्डेन मर्मत लगायतको संरचना निर्माणमा पोखरा महानगरपालिका वडा नम्बर ९ बाट १० लाख प्राप्त भएको समितिले जनाएको छ । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उक्त संरचनाको आज नै एक समारोहका बिच उद्घाटन गर्दै पोखरा धार्मिक पर्यटनको अथाह सम्भावना भएको बताउनु भयो ।

आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी यष पर्व देशै भरी मनाइएको छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने पण्डित गणेश रेग्मीले बताउनु भयो ।




