पोखराको भण्डारढिकमा २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     कार्तिक २६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २६, कार्तिक,

आर्दश कप फुटवल प्रतियोगिताले ६ बर्ष पछि मात्र निरन्तरता पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले यस बर्ष आउँदो मंसिरको अन्तिम साता २५ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने तयारी गरेको हो । कोभिड १९ को शंक्रमणले गर्दा प्रभावित भएको उक्त प्रतियोगिता यस बर्ष भने हुने तयारी गरिएको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो ।

ंआउँदो मंसिर २२ देखि २९ गतेसम्म ९८ दिन० भण्डारढिक खेल मैदानमा संचालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार विभागिय सहित गण्डकी प्रदेशका विभिन्न क्लवहरुको गरी ८ टिमको सहभागिता हुने भएको छ ।

प्रतियोगितामा विजेताले ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ, उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । त्यसै गरी प्रतियोगिताको उपबिजेतालाई भने २ लाख २५ हजार ५ सय २५ रुपैया प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार प्राप्त गर्ने भएको छ भने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । खेलाडीको प्रोत्साहन स्वरुप प्रत्येक खेलको म्यान अफ द म्याच घोषणा सहित ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको खेल संयोजक ओम प्रकाश गुरुङले बताउनु भयो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक बिष्णु हमालले बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्बर २९ प्रतियोगिताको संरक्षकको रुपमा रहेको छ भने एन्फा, पोखरा महानगरपालिका, लेखनाथ उद्योग बाणिज्य संघको बिषेश सहयोग हुने भएको क्लवले जनाएको छ । नेपाल पर्यटन बोर्डले प्रतियोगितामा प्रबद्र्धन गर्ने भएको छ ।

प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने तथा स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने आफुहरुले विश्वास लिएको पुर्व अध्यक्ष एवं सल्लाहकार विजय गुरुङले बताउनु भयो । कोडिभका कारण आफुहरुले चाहेर पनि उक्त प्रतियोगितालाई यस अघि आर्थिक अभावले गर्दा संचालन गर्न नसकेको उहाँले जनाउनु भयो ।