यति एयरलायन्सले मंगलबार देखि पोखरा भैरहवा हवाई उडान गर्ने, बुद्ध सहित ३ वटा हवाई उडान हुने

-


     पोखरा क्लिक     
     कार्तिक २६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २६, कार्तिक,

यति एयरलायन्सले भोलि (मंगलबार) देखि पोखरा देखि भैरहवा सिधा हवाई उडान गर्ने भएको छ । यतीले पहिलो पटक पोखरा देखि भैरहवा पहिलो पटक उडान गर्न लागेको हो ।

बिहान ११ः०५ मा भैरहवा देखि पोखराको उडान गर्ने भएको छ भने पोखरा देखि भैरहवाको उडानको समय तालिका भने ११ः४५ बजे रहेको यति एयरलायन्सकी दीपीका खत्रीले बताउनु भयो । पहिलो चरणमा ७२ सिटे जहाजबाट उडान हुने भएको हो भने हवाई भाडा शुल्क हाललाई २ हजार ५ सय रहेको एयरलाइन्सले उल्लेख गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि हुने विश्वासका साथ पोखराबाट भैरहवा सिधा उडान गर्न लागेको यति एयरलाइन्सले जनाएको छ । यात्रुको माग भए पुनः हवाई उडान थप हुने एयरलाइन्सले जनाएको छ । यतिले हाल पोखरा काठमाण्डौं हवाई उडान गर्दै आएको छ ।

यसैबिच बुद्ध एयरलाइन्सले यही कार्तिक २४ गते देखि पुनः एउटा हवाई उडान थप्दै पोखरा भैरहवामा २ वटा उडान गर्न सुरु गरेको बुद्ध एयरलाइन्स पोखराका स्टेशन म्यानेजर गौतम बरालले पोखराक्लिकलाई बताउनु भयो । बुद्ध एयरको विमान भने विहान र बेलुका पोखरा देखि भैरहवा जाने गरेको छ । भाडा शुल्क भने २ हजार ५ सय नै रहेको बरालले जनाउनु भयो ।