
जया पौडेल,
पोखरा २६, कार्तिक,
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भयो । हालै सम्पन्न भएको विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा कार्यक्रममा बोल्दै उहाँले पुम्दी भुम्दी क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपले धेरै पर्यटकहरुलाई आकर्षण गर्दा स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भएको हो ।

पुम्दी भुम्दी मा रहेको पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, बिशाल महादेवको मुर्ति, बुद्ध पार्क निर्माण लगायतका भौतिक संरचना निर्माण हुनुले यहाँको धार्मिक एव पर्यटकीय महत्व झन बढेको अध्यक्ष बरालले जनाउनु भयो । विश्व शान्ति स्तुप स्थापनाले यस क्षेत्रको पहिचान र विकासको लागि स्थानियको आयआर्जन, जिविकोपार्जन जिवनस्तर उकासिएको अध्यक्ष बरालले बताउनु भयो । पोखरा २२ का जनताले यस्को अपनत्व लिन वडाले यसको विकासमा पुर्वाधार निर्माणमा सघाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो।

जापानीज लामाबाट नापानीज परम्परा अनुसार समेत पूजा भएको थियो ।
जापान, चाइना, नेपाल र भारतका भिक्षुहरु एकसाथ मिलर उक्त पूजा गर्दा करुणा मैत्री विश्व बन्धुत्वको भाव आई रहेको र यो सब बुद्ध को शिक्षा, धर्मले गर्दा सबै एक सुत्रमा बाधिएको विशेष अतिथि भारतको नागपुुर स्थित पञ्जा मेक्ता संघका अध्यक्ष भिक्षु संघरत्न मानकेले बताउनु भयो । निपोन्जान म्होजी नेपालका प्रमुख भिक्षु माकुतो सातोले बुद्ध जन्मभुमि नेपालको लुम्बिनी, विश्व प्रसिद्ध सगरमाथाको देश नेपालको विश्व सामु व्यापक प्रचार प्रसार गर्न आवश्यक भएकोमा जोड दिनुभयो । नेपालमा धार्मिक पर्यटकहरुको अथाह सम्भावना भएको उहाँको भनाई थियो ।
विश्वशान्ति स्तूप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यलको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।पोखरा नदीपुर स्थित धर्मशाला बुद्ध बिहारका भिक्षु धज्जवन्त, सचिव प्रकाश मान उदास लगायतले वोल्नु भएको थियो । उक्त अवसरमा दिप प्रज्वलन समेत गरिएको थियो ।
अब यस सम्पदा लाई संघिय, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखी संरक्षण, संर्वधन गर्नु पर्ने अध्यक्ष बुद्धचार्यले बताउनु भयो । सहसचिव चम वहादुर गुरुङ्गले कार्यक्रम संचालन गर्नु भएको थियो ।




