
दीननाथ बराल,
पोखरा २२, कार्तिक,
पोखरामा यस बर्षको छठ पर्व बिषेश गरी ४ ठाँउमा धुमधामका साथ मनाउन सुरु भएको छ । बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा हर्ष र उल्लाहासका साथ मनाउन सुरु भएको हो ।

पोखरामा आज भन्दा करिब २५ बर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरबाट बिस्तार हुदै ४ ठाँउसम्म व्यबस्थित र झकिझकाउका साथ छठ पर्व मनाउन थालिएको विभिन्न छठ पूजा समितिले जनाएका छन्।

पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरी(भन्द्रकालि मन्दिर भन्दा तलको परिसर) मा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई सहित झिलिमिलि बक्तिले झकिझकाउ बनाइएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनु भयो । अस्ताउदो सुर्यलाइृ अर्घ दिएका सुर्यका भक्तहरुले भोलि बिहान उदाउदो सुर्यलाई अर्घ दिने भएको उहाँले जनाउनु भयो ।

छठ पूजा स्थालको मुख्य गेटमा फुलले सजसिजावट सहित झिलिमिलि बक्ति जडान देखि सुर्यका भत्तहरुको लागि बस्नको लागि टेण्टको समेत व्यबस्था गरिएको छ । सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य चार ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापनमा जुटेको हो ।

नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने पूजालाई व्यवस्थित बनाउन केही दिन देखि केदारेश्वर क्षेत्रमा लागेको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । कार्तिक २२ गते अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा हुने उहाँले बताउनु भयो ।
काम बिशेषले तथा पेशा व्यावसायीको कारण तराई मधेष क्षेत्रका समुदायले मनाउने छठ पर्व पोखरामा विभिन्न स्थानमा धुमधामका साथ मनाउन थाले पछि अधिकांश छठका भक्तहरुले पोखरामा मनाउदै आएको एन.बी. व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा व्यबस्थित ढंगले उक्त पर्व मनाउन थालेसंगै आफुहरुलाई यहाँ यो पर्व मनाउन सहज भएको उहाँले जनाउनु भयो ।
सूर्यका भक्तले हिजो (बुधबार) पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पुजा गर्नु भयो । छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्नु भएको छ । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने गरेकोे भद्रकालि छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले बताउनु भयो । यस बर्ष कमल पोखरी क्षेत्रमा अघिल्ला बर्षको तुलनामा उल्लेखनिय रुपमा सुर्यका भक्तहरुको सहभागिता रहेको सदस्य महेन्द्रप्रसाद शर्माले बताउनु भयो ।





