
पोखरा २०, कार्तिक
पोखरा महानगरपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष, पृथ्बीराजमार्ग बस संचालक कम्पनीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी दोर्णराज अधिकारीको निधन भएको छ । पाचन प्रणालीको समस्याले पोखराको चरक मेमोरियल हस्पिटलमा उपचारकै क्रममा उहाँको आज निधन भएको पोखरा ५ का वडा अध्यक्ष बिष्णु प्रसाद बरालले बताउनु भयो । ७२ बर्षीय अधिकारीका ४ छोरा धर्मराज अधिकारी , केशवराज अधिकारी , दामु अधिकारी, ई.बुद्धिराज अधिकारी र १ छोरी इन्दिरा अधिकारी हुनु हुन्छ ।
उहाँको शव यात्रा ११ः३० बजे आफ्नै निवासबाट हुने तयारी गरिएको पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । उहाँको निधनले उक्त कम्पनीका संरक्षक युवा व्यवसायी केशव प्रसाद अधिकारीलाई पितृशोक परेको हो । पोखराको रामघाटमा उहाँको अन्तिम दाह संस्कार गरिने भएको छ ।





