प्रदेश बासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय गण्डकी स्वास्थ्य मन्त्री पाठक

-


     पोखरा क्लिक     
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


पोखरा ११, कार्तिक,

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरूअघिबढाएको बताएकाछन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफनेपाल ९अफिन० को छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए।

प्रदेशको स्वास्थ्य क्षेत्रमा देखि एका समस्यालाई समाधान गर्नतीन कालीन योजना बनाएर काम थालेको उनको भनाईछ।‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनलेभने।
यसैबीच,गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

निजी स्वास्थ्यसंस्थाका समस्यालाई गर्ने जिम्मेवारी आफूलेलिने उनले बताए। स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागिपर्ने पनि मन्त्री पाठकले बताए। अफिनले स्वास्थ्यक्षेत्रमा लामोसमय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ। चार दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा डाक्टरविनोद तुलाचन, नर्सिङ तर्फ किरणचन्द, ल्याबर्फ तश्याम कृष्ण प्रधान, फार्मेसी तर्फ टंकबहादुर साही, रेडियोलोजी तर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापी तर्फविजय प्रधान रहेकाछन्।

उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य रसंस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरि रहेको बताउँदै बेलाबेलामा अनुगमन हुनुपर्ने बताए। उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए।अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्यसंस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गरेका थिए।

शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टरपदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषिखतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरणचन्दरवेद बहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्यसंस्थाको बारेमा बोलेका थिए ।अधिवेशनले नयाँकार्यसमिति समेत चयन गरेको छ।