होटल संघ पोखराको अध्यक्षमा पुन लक्ष्मण सुवेदी चयन

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८१ मा प्रकाशित


पोखरा ८, कार्तिक,

होटल संघ पोखरा, नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी चयन हुनु भएको छ। विहिबार बेलुका पोखरामा सम्पन्न भएको संघ पोखराको २१ औं अधिवेशन तथा ४२ औं साधारणसभाले सुवेदीको नेतृत्वकै पुरानो टोली सर्बसम्मत रुपमा निरन्तरता पाउनु भएको हो ।

त्यसै गरी संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिव पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका छन् । सदस्यमा प्रदिपराज पहारी, विवेक गौतम, शिवराज पहारी, पन्चङ लामा चयन भएका छन् । पोखराको होटल पौवामा उक्त अधिवेश भएको हो ।