
दीननाथ बराल,
पोखरा ५, कार्तिक,
पर्यटनको राजधानि पोखरामा आज देखि नेपाल समाजबादी पार्टीको बिधान अधिवेन सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको उक्त अधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधिहरु सहभागि हुनु भएको समाजबादी पार्टीले जनाएको छ ।

वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका बिषयमा छलफल हुने भएको नेपाल समाजबादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताउनु भयो ।
देशमा रहेको भ्रष्टचार र अनियमिततालाई रोक्न र देशलाई शुसासनको बाटोमा लैजानको लागि बलियो शक्तिशाली संस्था गठन विना देशमा भौलाएको भ्रष्टचारलाई नियन्त्रण गर्न नसकिने उहाँले बताउनु भयो । आफुहरुको अन्य पार्टीहरु भन्दा फरक र बिशिष्टको विधान हुने भएको संयोजक डा. भट्टराईले दाबी गर्नु भयो ।
वैकल्पिक राजनीतिक अभियानमै आफुहरु कटिबद्ध भएर लागेको संयोजक डा.भट्टराईले बताउनु भयो । देशमा आर्थिक आधार पछि परेकोले त्यसलाई अघि बढाउन पार्टीले चाहेको उहाँको भनाई थियो । समता मुलक तिव्र समृद्धिलाई मुख्य रुपमा अघि बढाउनु पर्ने अहिलेको अबस्था रहेको संयोजक डा.भट्टराईको भनाई थियो । उक्त अधिवेशन भोलि (मंगलबार)सम्म चल्ने भएको हेमबहादुर थापाले बताउनु भयो ।




