
पोखरा ३०, असोज,
यस बर्षको बडा दसैँको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमाको दिन (बिहीबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विहिबार (कात्तिक १ गते) प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको एक प्रेस विज्ञेप्ति मार्फत सूचना जारी गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो ।






