पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार जोजिजू म्युजिकल जर्नी हुने

-


     पोखरा क्लिक     
     असाेज १८ गते २०८१ मा प्रकाशित


पोखरा १८, असोज,

पोखरामा भोलि (शनिबार) जोजिजू म्युजिकल जर्नी विजिध सांगीतिक, सांस्कृतिक तथा श्रेष्टा सम्मान कार्यक्रम हुने भएको छ । जोजिजू म्युजिक सेन्टर म्युजिक÷स्कुलले आयोजन गर्न लागेको २१ औं संस्करणको “जोजिजू म्युजिकल जर्नी २०८१ पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार हुने भएको स्कुलका निर्देशक एवं गायक विनित जोजिजूले बताउनु भयो ।

अग्रज श्रष्ठाहरु नारायण गोपाल, सरोज गोपाल बर्जचार्य, कल्याण शेरचन, फत्यमान राजभण्डारी , सरुभक्त श्रेष्ठ, तिर्थ श्रेष्ठ, दिप श्रेष्ठ, हरिदेवी कोईराला ,बिनित जोजिजूको पोखराका कलाकार तथा बध्यवादकहरु द्वारा गायन तथा नृत्य प्रस्तुत हुने भएको उहाँले जनाउनु भयो । कार्यक्रममा गायिका÷संगीतकर्मी अनुजा थापा र बाध्यवाधक÷ड्रमर विजय क्षत्रीलाई सम्मान गरिने भएको स्कुलका व्यबस्थापक सानु जोजिजूले जनाउनु भयो ।