पोखरामा भोलि विहान ४ः३० देखि नै हवाई उडान हुने

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८१ मा प्रकाशित


पोखरा १६, असोज

पोखरामा भोलि विहान (विहिबार ) देखि ४ः३० देखि नै हवाई उडान हुने भएको छ । नेपालीहरुको महान चार्ड बडा दशैं पर्व नजिकीदै गर्दा हवाई यात्रामा यात्रुको माग र चाप बढेकोले भोलि देखि पोखरा देखि काठमाण्डौंको हवाई उठान विहान ४ः३० बजे देखि गर्न सकिने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक १ गते पूर्णिमासम्म लागू हुनेछ । यो नियम अनुसार उपकरणको सहायताबाट उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थल रहेका छन् ।

यस अघि ५ः०० बजे विमानस्थल तयारी गरी बिहान ६ः०० बजे देखि हवाई उडान भएकोमा भोलि बिहान साढे ४ः०० बजने तयारी गरी ४ः३० बजे उडानको तयारी गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मी सुवेदीले जनाउनु भयो ।

पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएकोमा अब कात्तिक १ गतेसम्म साढे १३ घण्टा सञ्चालन हुनेछ । पछिल्लो केही दिन देखि सडकमा पहिरोले सडक अबरुद्ध हुँदा हवाई रुटमा यात्रुको चाप बढेको हो ।



This will close in 20 seconds