पोखरा महानगरपालिका तेक्वान्दो संघको अध्यक्षमा हर्क गुरुङ

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८१ मा प्रकाशित


पोखरा ९, असोज,

पोखरा महानगरपालिका तेक्वान्दो बिकास संघको अध्यक्षमा हर्क बहादुर गुरुङ चयन हुनु भएको छ । पोखरामा बुधबार सम्पन्न भएको संघको पहिलो साधारण सभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा ४ बर्षीय कार्यकालको लागि ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो ।

त्यसै गरी संघको प्रथम उपाध्यक्षमा धर्मराज शाही, द्धितिय उपाध्यक्षमा महेश्वर अधिकारी, सचिवमा निरोज बहादुर नेपाली, कोषाध्यक्षमा रुद्र बहादुर गुरुङ (जुबु) चयन हुनु भएको हो भने अन्य सदस्यहरुमा मिरा गुरुङ, अस्मित लो लामा, कृष्ण भण्डारी, दीपक कुवंर, आविस्कार बस्ताकोटी चयन हुनु भएको हो ।

यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आउदै गरेको नवौं राष्ट्रिय खेलकुदमा तल्लो स्तर वडा हुदै पालिका, जिल्ला हुदै प्रदेशका खेलाडी उत्पादनमा खेल संघहरु सक्रिय भएर लाग्न आग्रह गर्नु भयो । पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको उहाँको भनाई थियो ।

कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङ पदकको धेरै सम्भावना भएको तेक्वान्दो खेलको विकास र विस्तारमा सबै लाग्नु पर्ने बताउनु भयो । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यबहाक अध्यक्ष केशव बहादुर थापा, संघ कास्कीका अध्यक्ष कुमार गुरुङ लगायतले वोल्नु भएको थियो ।