ट्रफी टुर पोखराको फेवातालमा

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८१ मा प्रकाशित


पोखरा ९, असोज,

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को ट्रफी टुर पोखराको फेवातालमा सम्पन्न गरिएको छ । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल स्थित बाराही घाटमा उक्त टुर गरिएको हो ।

यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुने महिला फ्रेन्चाइज भलिबल लिगको ‘ट्रफी टुर’ तथा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम तय भएकोले उक्त कार्यक्रमको प्रबद्र्धन गर्न सो कार्यक्रम भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा सहितको कार्यक्रममा सहभागिता रहेको थियो । ट्रफी टुर बाराहीघाट र
पोखरा रंगशालामा समेत गरिएको थियो । तष्विर शुर्दशन रञ्जित