
पोखरा ५, असोज
ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान) गण्डकीले शनिबार पोखरामा सरसफाई गरेको छ । भ्यू फेवा राउन्ड फेवा रुट (ड्यामसाइड) को दिगो प्रवर्द्धनको उद्दस्यले बृहत् सरसफाइ कार्यक्रम आयोाजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषदमा आवद्ध विभिन्न संघ संस्थाहरु ,हान,नाटा,नारा,ना, रेवान, मजदुर संघ, टुरिस्ट पुलिस पोखरा, स्थानिय क्लबहरु ड्यामसाइड र पुल्चोक क्लब,लायन्स क्लबहरु लायन्स क्लब अफ लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष एवं प्रतिनिधिहरु सहभागि हुनु भएको थियो ।

स्थानिय आमा समुहहरु एवं तालपारि मार्गीका स्थानियहरु लगायत यस टान गण्डकीका कार्यसमिति सदस्य , भूपेन्द्र गौतमको संयोजकत्व र यसै संस्थाका कार्यसमिती पदाधिकारि तथा सदस्यज्यूहरू सहित १०० जनाको उल्लेख्य सहभागीमा सफलताका साथ सम्पन्न भएकोा टानले जनाएको छ । विश्व पर्यंटन दिवसको पूर्व अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्यले जनाउनु भयो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा न.२२ का अध्यक्ष हिमलाल बरालको समेत सहभागिता रहेको थियो ।





